Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसाओमीले विद्युतीय सवारीसाधनमा १० अर्ब डलर लगानी गर्ने

साओमीले विद्युतीय सवारीसाधनमा १० अर्ब डलर लगानी गर्ने


वेइजिङ ।
चिनियाँ स्मार्टफोन निर्माता साओमीले विद्युतीय सवारीसाधनमा पनि ठूलै लगानी गर्ने भएको छ । बीबीसीका अनुसार आगामी १० वर्षमा कम्पनीले १० अर्ब अमेरिकी डलर लगानी गर्ने भएको हो । कम्पनीको उद्देश्य गुणस्तरीय विद्युतीय सवारीसाधन उत्पादन गर्नु रहेको मंगलबार जनाएको छ । यो कम्पनी विश्वकै तेस्रो ठूलो स्मार्टफोन निर्माता हो । योभन्दा अगाडि आईफोन निर्माता एप्पल र सामसङ छन् । योसँगै साओमी विद्युतीय कारमा तीव्र प्रतिस्पर्धाको दौडमा रहेका एप्पल र हुवावेसँगको प्रतिस्पर्धामा उत्रिएको छ ।

वाती लगानी साढे एक अर्ब डलर रहने कम्पनीका प्रमुख कार्यकारी लि जुनले बताए । सबै साझेदारसँगको छलफलपछि कम्पनीले यस्तो निर्णय गरेको उनले एक वक्तव्यमा उल्लेख गरेका छन् । कम्पनीले कस्तो मोडलको सवारीसाधन उत्पादन गर्ने भन्नेबारे खुलाएको छैन । चीनमा अहिले नै सयभन्दा धेरै यस्ता कम्पनी छन् । वर्तमान समयमा विद्युतीय कार उत्पादन र बजारमा चीन नै अग्रपंक्तिमा छ ।

अहिले नै चीनमा साढे चार हजार अमेरिकी डलर पर्ने हंगगुआङ मिनी ईभीदेखि नयाँ जिक्र ब्रान्डका उच्चस्तरीय विद्युतीय कारहरु उपलब्ध छन् । चिनियाँ उपभोक्ताको लागि अहिले विदेशी ब्रान्डको पनि उस्तै उपस्थिति बढिरहे्को छ । टेस्लाले यसअघि नै मोडेल वाईको उत्पादन शांघाईस्थित कारखानाबाट उत्पादन थाालिसकेको छ । त्यस्तै फोर्डले पनि मस्टाङ मोडलका कार चीनमा उत्पादन गर्ने योजना बनाएको छ । अन्य चिनियाँ प्रविधि कम्पनीहरु पनि कार उत्पादनमा आकर्षित भइरहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया