Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजेठ ३२ गतेसम्म हवाइ उडान बन्द

जेठ ३२ गतेसम्म हवाइ उडान बन्द


काठमाडौं, जेठ ८
सरकारले हवाइ उडान जेठ ३२ गतेसम्मका लागि बन्द गरेको छ । कोरोना प्रवेश गर्न र फैलिन नदिन भन्दै सरकार आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान जेठ मसान्तसम्मका लागि बन्द गरेको हो । यसअघि जेठ १८ गतेसम्मका लागि मात्र हवाइ उडान बन्द गरिएको थियो । सरकारले जेठ २० गतेसम्मका लागि लकडाउनको अवधि थप गरे पनि हवाइ उडानको बारेमा कुनै निर्णय गरेको थिएन ।

बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले हवाइ उडानलाई जेठ मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । अब स्वदेश तथा विदेश यात्रा गर्नेले असार लागेपछि मात्र उडान गर्न पाउने छने । हवाइ उडान बन्दलाई जारी राख्ने सरकारी निर्णयका कारण विदेशबाट स्वदेश फर्किन चाहनलेहरुले पनि असार महिना नै कुर्नुपर्ने छ । हवाइ उडान खोले पनि कुनै पनि देशले तत्काल भिसा प्रक्रिया नखोल्ने भएको कारण वैदेशिक उडान भने लामो समयसम्म प्रभावित हुनेछ । यद्यपि विदेशबाट स्वदेश फर्किन चाहनेहरुलाई भने सहजता मिल्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया