Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारघरको पाँच तलाबाट हाम फालेर एक व्यापारीले गरे आत्महत्या

घरको पाँच तलाबाट हाम फालेर एक व्यापारीले गरे आत्महत्या


धनगढी । धनगढीमा शृङ्गारको व्यवसाय सञ्चालन गर्दै आएका एक व्यापारीले आफ्नो पाँच तले घरबाट हाम फालेर आत्महत्या गरेका छन् । धनगढी उपमहानगरपालिकाको बस पार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदिप चन्दले बुधवार बिहान करिब ११ः२० बजे हाम फालेर घाइते भएका अग्रवाललाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको बताए । उपचारको क्रममा अग्रवालको मृत्यु भएको प्रहरी नायव उपरीक्षक चन्दको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया