Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलसहित तत्कालीन नायब महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन कामु उपनिर्देशक पवनकुमार लालकर्ण, तत्कालीन प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत नवौँ डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा.) ध्रुबबहादुर देवकोटा र महेशप्रसाद काफ्लेले भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूले उद्योगलाई आवश्यक पर्ने ‘भेरियबल फ्रिक्वेन्सी ड्राइभ (भीएफडी)’ खरिद गर्दा २२ लाख ७८ हजार तीन सय पाँच रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले भेरियबल फ्रिक्वेन्सी ड्राइभ (भीएफडी)’ खरिद गर्दा विनाअध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत एकिन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामग्री खरिद गरेको, सामान खरिदपश्चात् गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको, खरिद गरिएको सामग्रीमध्ये १६० किलोवाटको (भीएफडी– ए’ उद्योगले प्राप्त गरेको छ वर्षभन्दा बढी समयसम्म पनि परीक्षण नगरिएको, आवश्यकताको पहिचान र औचित्यसमेत एकिन नगरी लागत अनुमानसमेत नबनाई आवश्यक पर्नेभन्दा अस्वाभाविकरूपमा वढी सामान खरिद गरेको पाइएको बताएको छ ।

अख्यिारले अस्वाभाविकरूपमा वढी सामान खरिद गरी गराई हालसम्म परीक्षण नगरिएको एवं सञ्चालनमा नरहेको उक्त १६० किलोवाटको (भिएफडि–ए’ को २२ लाख ७८ हजार तीन सय पाँच रुपैयाँ बराबरको रकम भुक्तानी दिई दिन लगाई उद्योगलाई गैरकानुनी हानि पुर्याएको पुष्टि भएको हुँदा तत्कालीन महाप्रबन्धक सुरेन्द्र पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम २२ लाख ७८ हजार तीन सय पाँच रुपैयाँ बिगो र सजायको माग गर्दै मुद्दा दायर गरेको हो । उक्त सामग्री खरिद गरी परीक्षण समेत नगर्दा उद्योगमा प्रयोग समेत गर्न सकिएको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया