Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशसोलुखुम्बुका किसान हिमपातसँगै परेको वर्षाले हर्षित

सोलुखुम्बुका किसान हिमपातसँगै परेको वर्षाले हर्षित


सल्लेरी (सोलुखुम्बु) । बिहीबारको हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन् । लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षा तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा हर्षित भएका हुन् ।

सल्लेरीका ल्हाक्पा शेर्पाले हिउँदे वर्षा नहुँदा जमिन सुक्खा थियो भने डाँडापाखा उराठलाग्दा थिए तर ढिलागरी परेको पानी र हिमपातले केही राहत महसुस भएको बताए । उनले भने, “हिउँ नपर्दा गहुँबाली सुकेर गएको थियो, माथिल्लो भेगमा मात्रै होइन तल्लो भेग पनि सुक्खाग्रस्त भएका बेला परेको हिउँ र पानीले बाली फस्टाउनेमा म ढुक्क छु ।”

पञ्चनका केशवप्रसाद कोइरालाले तल्लो भेगमा समेत हिउँदे वर्षा नहुँदा बालीनाली सुकेर जानुका साथै जमिन नै मरुभूमिजस्तो बन्दै गएको बताए । वर्षाले खडेरीले सुकेका बाली फस्टाउने आशा किसानमा देखिएको छ । लुक्लाकी दाटी शेर्पाले खडेरीले उराठलाग्दा बनेका पर्यटकीय क्षेत्र रसिलो देखिएको बताए । उनले हिमपातपछि सगरमाथा क्षेत्र पुगेका पर्यटक पनि खुसी भएको बताए । यतिखेर लुक्लाबाट देखिने डाँडा हिउँले भरिएर सेताम्मे भएका छन् ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार

तपाईको प्रतिक्रिया