पार्टीलाई बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री अधिकारी
दमौली (तनहुँ) । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पार्टी सङ्गठनलाई बलियो बनाउनुको विकल्प नरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको शुक्रबार यहाँ आयोजित दशौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उनले एमालेको सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रहेका अधिकारीले पार्टीभित्र गुट, उपगुट नरहेकाले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न आग्रह गरे । उनले भने, “पार्टी सुदृढ, बलियो बनाउँदै देशको ठूलो पार्टी बनाउनेतर्फ सबै नेता तथा कार्यकर्ता लाग्नुपर्छ । अहिलेको मुख्य कार्यभार त्यही हो ।”
राससका अनुसार एमालेको नेतृत्वमा सुखी नेपाली, समृद्ध नेपाल अभियान साकार हुने बताउँदै मुख्यमन्त्री अधिकारीले सोही दिशातर्फ अग्रसर हुन सबैलाई आग्रह गरे । वर्तमान सरकार समृद्ध गण्डकी प्रदेश निर्माणमा सक्रिय रहेको बताउँदै उनले सरकारले जनमुखी काम गर्ने चर्चा गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
- अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
- वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’
- सुर्खेत बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
- जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
- मर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण
- २१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया