Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा सिटौला

कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा सिटौला


काठमाडौँ, नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ ।सभापति शेरबहादुर देउवाले आज राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीका पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य सिटौलालाई मनोनयन गरेका हुन ।
सभापति देउवाले उनलाई कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रियसभा संसदीय दलको नेता पदमा मनोनयन गर्नुभएको कांग्रेसको संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिए । रासस

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया