न्युयोर्कमा ११४औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस
न्युयोर्क । ११४ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस २०२४ र हिन्दुहरुको महान् चाड होली शुभकामना आदान प्रदान गरी कविता वाचन गरेर भव्य रुपमा सम्पन्न गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरले आयोजना गरेको उक्त कार्यक्रममा च्याप्टरका महासचिव एवं साहित्यकार नदिया लिबांगले सम्पूर्ण अतिथिहरुलाई आसन ग्रहण गराएका थिए । च्याप्टरका कोषाध्यक्ष तथा गायिका सिर्जना लामाले स्वागत भाषण गरेका थिए ।
कार्यक्रमको सुरुवातमा प्रमुख अतिथि साहित्यकार कुन्ती थापा र विशेष अतिथि लेखक तथा साहित्यकार केन्द्रीय सदस्य सकुन ज्ञवालीले संयुक्त रुपमा पानसमा बत्ती बाली उद्घाटन गरे भने उपस्थित कविहरुले आआफ्नो कविता वाचन गरेका थिए ।
कविता वाचन गर्नेहरुमा न्युयोर्कका चर्चित कवि आनन्द श्रेष्ठ, ज्योति राई, लक्ष्मी थापा, चमेली परियार, हृदय तुलाधर, अभय ढुंगेल, हजुरी शाह कँडेल, पुष्कर सुभेच्छुक, तुलसी चित्रकार, राजन महर्जन, सीता खरेल, किसनसिंह धामी, ज्योति पौडेल, पुनम काफ्ले, गीता खत्री, संगीता न्यौपाने, पुनम पाण्डे, रस्मी भट्ट, खाम भट्ट, सकुन ज्ञवाली र कुन्ती थापा थिए ।
च्याप्टरका अध्यक्ष लक्ष्मी श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको अन्त्यमा अध्यक्षले धन्यवाद ज्ञापन गरेका थिए ।
ज्याक्सन हाइटस्थित नेपाली भान्साघरको सभाहलमा भएको सो कार्यक्रममा साहित्यकार, लेखक, कलाकार, चित्रकार, पत्रकार, साहित्यप्रेमी लगायतको उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन कवियत्री नदिया लिबांगले साह्रै रोचक तरिकाले गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरि
- नारायणगढ मुग्लिन सडक मर्मतपछि दुईतर्फी सञ्चालन
- प्रधानसेनापति ट्रफी सुरु
- स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते
- प्रसारणलाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनेगरी कानुनी व्यवस्था गर्ने
- सडक दुर्घटनाको दिगो नियन्त्रणका लागि प्रधानमन्त्रीलाई आग्रह
- सुस्तामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली
- उत्पादनमूलक काममा लाग्न घरजग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया