इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
इलाम । इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१ को मतगणना सकिएको छ । सो वडाका तीन वटा मतदान केन्द्रका एक हजार पाँच सय ३८ मतगणना सकिएको हो ।
मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले छ सय ५७ मत प्राप्त गरेका छन भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले पाँच सय ३४ प्राप्त गरेको राससले जनाएको छ ।
त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले एक सय ८७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले एक सय १५ मत प्राप्त गरेका छन् ।
२०७९ सालको प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा सो स्थानमा कांग्रेसका उम्मेदवारले आठ सय नौ मत प्राप्त गर्दा एमाले उम्मेदवारले चार सय ५७ मत प्राप्त गरेका थिए ।
शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए । यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु
- कक्षा कोठामा शिक्षामन्त्री : ‘पुस्तक पुनःप्रयोग गर्न जतन गरेर राख्नुहोस्’
- मन्त्री श्रेष्ठद्वारा विश्वविद्यालयलाई राजनीतिकरण नगर्न आग्रह
- देश निर्माणमा सबै पक्षको उत्तिकै दायित्व छ: मन्त्री जोशी
- नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्दै कामपा
- बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
- कृषि उद्यमीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न
- पहिचान फेरिएको फुस्रेबजार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया