Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योग वाणिज्य महासंघमा मिश्रित परिणाम !

उद्योग वाणिज्य महासंघमा मिश्रित परिणाम !


काठमाडौं ।
नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभा तथा अधिवेशनअन्तर्गत शनिबार भएको निर्वाचनमा मिश्रित परिणाम आएको छ । वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले ‘प्यानल’ बनाएर उम्मेदवारी दिए पनि ‘प्यानल’लाई नै उद्योगी÷व्यवसायीहरुले मतदान गरेनन् । दुवै पक्षलाई निर्वाचनमा जिताएका छन् । यसले महासंघ समझदारीको साथ अगाडि बढ्नुपर्ने भएको छ ।

शनिबार राति अबेरसम्म मतगणना जारी रहेको कारण वरिष्ठ उपाध्यक्षको परिणाम भने आइतबार बिहानसम्म आउनेछ । कार्यकारिणी सदस्यमा प्रदेश २ बाट विजय कुमार साह, गण्डकी प्रदेशबाट बाबुराम गिरी, लुम्बिनी प्रदेशबाट जसमेर मियाँ, कर्णाली प्रदेशबाट लालिमान बुढा र सुदूरपश्चिम प्रदेशबाट पुष्पराज कँवर विजयी भएका छन् । यसअघि नै प्रदेश १ मा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, कार्यकारिणी सदस्यका अर्का उम्मेदवार सन्दिप अग्रवाल पनि ढकाल पक्षबाटै निर्वाचनअगाडि नै निर्विरोध निर्वाचित भएका थिए ।

महासंघको वस्तुगततर्फको उपाध्यक्ष अञ्जन विजयी : दुवै पक्षका सात/सात जना महासंघको वस्तुगततर्फको उपाध्यक्षमा किशोर प्रधान समूहका अञ्जन श्रेष्ठ विजयी भएका छन् । उनले चन्द्रप्रसाद ढकाल समूहका उम्मेदवार उमेशलाल श्रेष्ठलाई पराजित गरेका हुन् ।

विजयी श्रेष्ठले ६२ मत पाएका थिए भने पराजित प्रधानले ३७ मतमा चित्त बुझाउनुपरेको छ । १४ जना निर्वाचित हुनुपर्ने केन्द्रीय सदस्यमा भने ढकाल र प्रधान प्यानलबाट सात/सात जनाले जित हात पारेका छन् । प्रधान समूहबाट अरनिको राजभण्डारी, मनिषलाल प्रधान, मिनमान श्रेष्ठ, सन्दिप अग्रवाल, विष्णु गैरे, शकुन्तलाल हिराचन र गोविन्द ढुंगेल निर्वाचित भएका छन् । ढकाल समूहबाट नरेशलाल श्रेष्ठ, भक्तबहादुर हमाल, प्रकाशसिंह कार्की, हेमराज ढकाल, सुबोधकुमार गुप्ता, आकाश अधिकारी, सुमितकुमार केडिया विजयी भएका छन् ।

महासङ्घमा वस्तुगततर्फ १०१, जिल्ला/नगरमा १०५ र एसोसिएटतर्फ ९०३ मतदाता रहेका छन् । महासङ्घको मतदानका लागि जिल्ला र नगरका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटका लागि कार्की ब्याङ्केट र वस्तुगतका लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान गरिएको थियो । महासङ्घको नयाँ नेतृत्वका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १२७ जनाले उम्मेदवारी दिएका थिए ।

जिल्ला नगरको उपाध्यक्षमा श्रेष्ठ निर्वाचित : महासंघको जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । उनी वरिष्ठ उपाध्यक्षका उम्मेदार प्रधान समूहका हुन् । श्रेष्ठले ५८ मत र ढकाल समूहका गुणनिधि तिवारीले ४७ मत मात्र पाएका थिए । जिल्ला नगरमा कार्यकारिणी १८ सदस्यका लागि ३८ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये करिब आधा÷आधा प्रधान र ढकाल प्यानलबाट र केही स्वतन्त्र उम्मेदवारी दिएकाहरु निर्वाचित भएका छन् ।

निर्वाचित हुनेमा राजन श्रेष्ठ, तारानाथ घिमिरे, सुरकृष्ण वैद्य, उमेश डालमिया, कमल कुमार श्रेष्ठ, शोभाकान्त पौडेल, कुविर कुमार श्रेष्ठ, गजेन्द्र कुमार भगत, चक्र बहादुर अधिकारी, अरुणराज सुमार्गी, देव कुमार श्रेष्ठ, रामेश्वर मानन्धर, कमान बहादुर खड्का, डिबी बस्नेत, गोपाल केडिया, महेन्द्र कुमार श्रेष्ठ, किशोर कुमार आचार्य र अमृत भट्टचन विजयी भएका छन् । जिल्ला नगरमा एक सय पाँच मत थियो । निर्वाचनमा सबै मत खसेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया