Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थमन्त्री पौडेलद्वारा ब्रोकर कमिसन घटाउन निर्देशन

अर्थमन्त्री पौडेलद्वारा ब्रोकर कमिसन घटाउन निर्देशन


काठमाडौं ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजारको विभिन्न पक्षहरूलाई मध्यनजर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएका हुुन् । ‘ब्रोकर कमिसन घटाउनका लागि विलम्ब नगर्नुहोस्, प्रो–एक्टिभ भएर लाग्नुहोस्’, उनले भने ।

अर्थमन्त्री पौडेलले पुँजीबजार बढ्न र विस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्याहरू समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न निर्देशन दिए । साथै उनले पुँजीबजारको विकासका लागि चालू वर्षको बजेटमा उल्लिखित कार्यहरू समयमा नै सम्पन्न गर्न पनि निर्देशन दिए । ऐन, नियममा सुधार गर्नुपर्ने भए त्यसको तयारी गर्न पनि उनले निर्देशन दिएका छन् ।

बैठकमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पुडासैनी, आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य, धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यलगायतको उपस्थिति थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया