Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारथप ७०८ मा कोरोना पुष्टि

थप ७०८ मा कोरोना पुष्टि


काठमाडौं ।
मंगलबार थप सात सय आठ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा चार सय ३८ पुरुष र दुई सय ७० महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ५९ हजार ५ सय ४८ पुगेको छ । थप ६ हजार १ सय ३५ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ५१ हजार ३ सय १२ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ७ सय ३१ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ६ हजार ३ सय ९६ सक्रिय सङ्क्रमित छन् । काठमाडौँ उपत्यकामा ३ सय ९८ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितमा १ सय ५६ महिला तथा १४२ पुरुष छन् । योसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या एक लाख २० हजार ७ सय ७९ पुगेको छ । मंगलबार थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ३ सय २४, ललितपुरका ५२ तथा भक्तपुरका २२ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

हालसम्म काठमाडौँमा ९६ हजार ७ सय ८५, ललितपुरमा १५ हजार १ सय ६९ तथा भक्तपुरका आठ हजार ८ सय २५ सङ्क्रमित भएका छन् । तीमध्ये काठमाडौँमा ९३ हजार ३ सय ७४, ललितपुरमा १४ हजार ६ सय ५९ तथा भक्तपुरमा आठ हजार ५ सय ६० सङ्क्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । हालसम्म काठमाडौँमा ४ सय ६९, ललितपुरमा १ सय ४६ तथा भक्तपुरमा सय जनाको कोरोनाबाट ज्यान गएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या एक हजार ८४० पुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया