नेपाल हस्तकला महासंघको ४०औँ वार्षिक साधारणसभा

काठमाडौं ।
नेपाल हस्तकला महासंघको ४०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यको सभापतित्वमा सीमित संख्यामा महासंघको सचिवालयमा भेला भई भर्चुअल माध्यमबाट गत बुधबार साधारणसभा गरिएको हो ।
साधारणसभाको उद्घाटन महासंघका संस्थापक अध्यक्ष सागर शमशेर राणाले गरेका थिए । सभामा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङ्ग, नेपाल सरकारका उद्योग सचिव चन्द्र कुमार घिमिरे, वाणिज्य तथा आपूर्ति सचिव डा. वैकुण्ठ अर्याल, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवाल र नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंशले भर्चुअल माध्यमबाट शुभकामना दिएका थिए । वार्षिक सभाको बन्दसत्रमा कार्यसमितिको वार्षिक प्रतिवेदन, वित्तीय प्रतिवेदनमाथि छलफल भई पारित भएको थियो ।
ताजा अपडेट
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
- मार्च १ देखि भारतमा दोस्रो चरणको खोप अभियान
- हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
- हरेक चारदेखि पाँच हप्तामा एप्पलले खरिद गर्छ कम्पनी
- पेट्रोलियम पदार्थको राजनीतीकरण एवं सुरक्षा
- समृद्धिका लागि युवाशक्तिको सही परिचालन
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया