Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुरपछि फरार श्रेष्ठ पक्राउ

बैंकिङ कसुरपछि फरार श्रेष्ठ पक्राउ


काठमाडौंँ ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सुधिर श्रेष्ठ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं महानगरपालिका ३ महाराजगञ्ज बस्ने ४९ वर्षीय श्रेष्ठलाई आइतबार बैंकिङ कसुरको अभियोगमा पक्राउ गरेको हो ।सीआईबी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार उनीविरुद्ध भैरवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष धनकुमार राईले बैंकिङ कसुरमा जाहेरी दिएका थिए ।

यो मुद्दामा उच्च अदालत पाटनको २०७७ पुुस २९ गतेको फैसलाले श्रेष्ठलाई सात दिन कैद र २१ लाख ५० हजार रुपैयाँ जरिवानाको ठहरभएको थियो ।उक्त सजाय बेरुजु रही फरार रहेका श्रेष्ठलाई ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरूको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले आइतबार ठमेल, काठमाडौंमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको प्रवक्ता पन्तले बताइन् । श्रेष्ठले २०७५ जेठ ७ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी भैरवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई रकम भुक्तानी गर्नका लागि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको चेक काटी दिएका थिए । उनीविरुद्ध उच्च अदालत पाटनले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५(१) बमोजिम उल्लिखित सजाय हुने गरी फैसला गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया