Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआईएमई जनरल इन्स्योरेन्सले बीमा समितिको नाममा काटेको चेक बाउन्स

आईएमई जनरल इन्स्योरेन्सले बीमा समितिको नाममा काटेको चेक बाउन्स


काठमाडौं ।
आईएमई जनरल इन्स्योरेन्स कम्पनीले बीमा समितिलाई दिएको चेक बाउन्स भएपछि कारबाही प्रक्रिया अघि बढाइएको छ । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले बीमा समितिको नाममा जारी गरेको दुई लाख रुपैयाँ र २३ हजार सात सय ५१ रुपैयाँको दुईवटा चेक बाउन्स भएको छ ।

आर्थिक दैनिकलाई प्राप्त कागजातमा आईएमई जनरल इन्स्योरेन्स कम्पनीको नेपाल इन्भेष्टमेन्ट बैंकको …….. ६१० नम्बरको खातामा २३ हजार सात सय ५१ रुपैयाँ समेत नहुँदा चेक बाउन्स गर्नुपरेको नेपाल क्लियरिङ हाउसले पठाएको नोटमा जनाइएको छ । सोही दिन थप दुई लाख रुपैयाँको चेक समेत बाउन्स भएको छ ।

बीमा समितिले यही चैत १ गते नबिल बैंकमा रहेको खातामा चेक जम्मा गर्दा पर्याप्त मौज्दात नभएको कारणले भुक्तानी हुन नसकेको विषयमा बीमा समितिमा हल्लाखल्ला भएपछि आईएमई जनरल इन्स्योरेन्सका कर्मचारी बीमा समितिमा आएर समस्या हल गर्ने प्रयास गरेका थिए । नियमनकारी निकायको बीमा पोलिसीमाथि दाबी परेपछि भुक्तानीको लागि काटिएको चेक नै बाउन्स भएपछि बीमा समितिको नियमनमाथि नै गम्भीर प्रश्न खडा भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया