Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआज १४ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

आज १४ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक


काठमाडौं, पुस २८
नेपाल राष्ट्र बैंकले आज सोमबार १४ अर्ब रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति यही पुस २९ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुुल ट्रेजरीमध्येमा ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँको रहेको छ । सोमध्ये ९१ दिने अवधिको ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ वैशाख २ गते र एक सय ८२ दिने अवधिको ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ असार ३० गते रहेको छ । यसअघि यही पुस २१ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको १० करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया