Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२७ गते संघीय संसद्को विशेष अधिवेशन आह्वान

२७ गते संघीय संसद्को विशेष अधिवेशन आह्वान

प्रमले विश्वासको मत लिने


काठमाडौं ।
सत्तालाई साथ दिएको दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अनुमानविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत लिने निर्णय गरेका छन् । प्रधानमन्त्री ओलीको निर्णयले सबैलाई आश्चर्यचकित पारिदिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम ‘प्रधानमन्त्रीले आफूमाथि विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले सोही प्रयोजनका लागि’ सो दिन अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवराज घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया