Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारडिजिटल अर्थतन्त्र निर्माणको युग सुरु

डिजिटल अर्थतन्त्र निर्माणको युग सुरु


काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिडपछि उत्पन्न परिस्थितिमा डिजिटाइजेसनको अभ्यास बढ्दै गएको र यसले डिजिटल अर्थतन्त्र निर्माणको युग सुरु गरेको बताएका छन् । डिजिटाइजेसनको अभ्यासले आगामी दिनमा आर्थिक क्रियाकलापमा थप सहज पु¥याउने उनको भनाइ छ । मिडिया इन्टरनेशनलको आठौँ वार्षिकोत्सव कार्यक्रमलाई वेबिनारमार्फत उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले कोभिडपछि यसको महत्व थप बढेको बताए ।

यस्तै उद्यमशीलता वृद्धिका लागि सरकार लागि परेको भन्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता रहेको पनि उनले बताए । साथै उनले मिडिया इन्टरनेशनलद्वारा आयोजित ‘फाइनान्सियल डिजिटाइजेसन लिट्रेसी’को लोगो अनावरण समेत गरेका थिए । वित्तीय साक्षरतालाई डिजिटाइजेसनसँग जोड्ने गरी नेपाल राष्ट्र बैंकको प्रवद्र्धनमा मिडिया इन्टरनेशनलले सुरु गरेको फाइनान्सियल डिजिटाइजेसन लिट्रेसीको गत जेठ २३ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पछिल्लो समय वित्तीय क्षेत्रमा बढ्दै गएको प्रविधिले अर्थतन्त्र चलायमान गराउन ठूलो सहयोग गरेको बताए । अहिले पुँजीबजारको क्षेत्रका अधिकांश कुराहरु डिजिटलाइजेसन भएको उनको भनाइ थियो । उनले पुँजीबजारमा गत साउनदेखि अधिकांश कामहरु डिजिटल माध्यमबाट भइरहेको बताए । पछिल्लो समय नेपालमा सक्रिय लगानीकर्ता बढेको भन्दै बजारलाई यन्त्रीकरणमा अभ्यस्त र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धतासमेत जनाए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंकले पछिल्लो समय फाइनान्सियल डिजिटाइजेसनलाई महत्व दिएको बताए । उनले समय बदलिएको उल्लेख गर्दै फाइनान्सियल सेक्टरमा डिजिटाइजेसनको महत्व बढेको उल्लेख गरे । कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समय बीमा क्षेत्रमा नागरिकको विश्वास बढ्दै गएको भन्दै यसको विस्तारका लागि डिजिटाइजेसन महत्वपूर्ण हुने बताए ।

समितिले हाल बीमा शिक्षालाई समुदायस्तरमा फैलाउँदै लगेको भन्दै उनले बीमा क्षेत्रबारे भर्खर मानिसहरु जानकार हुनथालेको बताए । बैंक, वित्त, बीमा, तथा पुँजी बजारको क्षेत्रमा वित्तीय जागरण ल्याउने कार्यमा सात वर्षदेखि सक्रिय मिडिया इन्टरनेशनलले पछिल्लो समय फाइनान्सियल डिजिटाइजेसन लिट्रेसी सञ्चालन गर्दै आएको छ । मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले वित्तीय साक्षरता र डिजिटाइजेसनलाई सँगसँगै अगाडि बढाउने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया