Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअभिमान सिंह फाउन्डेसनले सातवटै प्रदेशमा दुई सय बेडको अस्पताल स्थापना गर्ने

अभिमान सिंह फाउन्डेसनले सातवटै प्रदेशमा दुई सय बेडको अस्पताल स्थापना गर्ने


काठमाडौं ।
अभिमान सिंह फाउन्डेसनले गरिब, असहायहरूको उपचारको लागि सातवटै प्रदेशमा दुई सय बेड क्षमताको अभिमान सिंह सामुदायिक अस्पताल निर्माण गर्ने घोषणा गरेको छ । त्यस्तै, काठमाडौंको टोखामा भने आगामी एक महिनाभित्रै सञ्चालनमा ल्याउने गरी अक्सिजन प्लान्ट स्थापना गर्ने पनि फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनले सातवटै प्रदेशमा अस्पताल र अक्सिजन प्लान्ट स्थापना गर्नको लागि करिब पाँच अर्ब ३८ करोडको लागत अनुमान गरिएको जनाएको छ । अस्पताल निर्माण कार्य सुरु गर्नको लागि कम्तीमा पनि एक वर्ष समय लाग्ने संस्थाले जनाएको छ । तर, अक्सिजन प्लान्ट भने एक महिनाभित्रै सुरु गरिने जनाइएको छ ।

कोभिड महामारीको दोस्रो लहरमा अक्सिजनको चरम अभावका कारण धेरैले ज्यान गुमाउनुपरेको भन्दै अब अक्सिजनको अभावमा कोही पनि नेपालीले ज्यान गुमाउन नपरोस भनेर तत्काल काठमाडौँको टोखा नगरपालिका, वडा नम्बर ३ टोखामा अभिमान सिंह मेडिकल अक्सिजन उद्योग सञ्चालन गर्ने संस्थाले जनाएको छ । उक्त उद्योगबाट उत्पादित अक्सिजन भने सुस्त मनस्थिति, अपाङ्गता भएकाहरू, गरिब, कृषक परिवारलगायत लक्षित वर्गहरूलाई निःशुल्क वितरण गर्ने मंगलबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी संस्थाले जानकारी दिएको हो ।

फाउन्डेसनका सञ्चालक रविन्द्र दाहालले सातवटै प्रदेशमा निर्माण गरिने अस्पतालको लागि र अक्सिजन उद्योग सञ्चालनको लागि भारतको आरटीआई पब्लिक च्यारिटी ट्रस्टले भने एक अर्ब ६० करोड दिने प्रतिबद्धता जनाएको जानकारी दिए ।

फाउन्डेसनका संस्थापक अध्यक्ष सुदिपमान सिंह बस्नेतले प्रदेश न १ मा मोरङ, प्रदेश न.२ मा सिराहा, वाग्मती प्रदेशमा काठमाडौँ, गण्डकी प्रदेशमा स्याङ्जा, लुम्बिनी प्रदेशमा दाङ, कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलालीमा अक्सिजन उद्योग स्थापना गर्न लागेको जानकारी दिए । उनले अन्तर्राष्ट्रियस्तरमा युवाहरू खडा गरेर संगठन बनाउने योजना रहेको पनि बताए ।

त्यस्तै, कोरिया–नेपालमैत्री समाजको संयोजक जगदिश महरले हाल अक्सिजन उद्योग काठमाडौंको टोखा नगरपालिका वडा ३ मा सञ्चालनको तयारी गरेको बताए । उनले १० वर्षभित्र ७ प्रदेशमा अस्पताल निर्माण गर्ने तयारी गरिरहेको जानकारी दिए । उनले भने, ‘लक्षित वर्गहरूलाई अस्पतालबाट सुलभ र शल्यक्रियाको चार्जमा निःशुल्क उपचार गर्नेछौँ ।’ फाउन्डेसनकी कोषाध्यक्ष लक्ष्मी अधिकारीले श्रमिक भिषामा विदेश गएका, अपाङ्गता, अशक्त परिवारलाई अक्सिजन प्लान्ट तयार गरेर आवश्यकतानुसार अक्सिजन दिने बताइन् ।

संस्थाले युवाहरूलाई लागुऔषध दुर्व्यसनमा नलाग्नका लागि चेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ । फाउन्डेसनको सामुदायिक अस्पतालको निर्माण गरी पछाडि परेका समुदाय, वर्ग तथा सामुदायिक हस्पिटल सञ्चालन गरी पछाडि परेका समुदाय, वर्ग तथा जातजातिहरूको स्वास्थ्यको स्तरमा वृद्धि गर्ने उद्देश्य रहेको छ । साथै संस्थाले पछाडि परेका समुदाय, वर्ग तथा जातजातिको स्वास्थ्यको स्तरमा वृद्धि गर्न सकेसम्म निःशुल्क वा कमभन्दा कम शुल्कमा छिटो र स्तरिय मेडिकल अक्सिजनको आपूर्ति गर्ने लक्ष्य राखेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया