पाँच महिनामा आठ खर्बभन्दा बढीको बैंकस्तरीय कारोबार
काठमाण्डौँ,माघ ७
बैंकिङ क्षेत्रमा बैंकस्तरीय कारोबार रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनामा वाणिज्य बैंकहरुले मात्र सात खर्ब ९७ अर्ब ८९ करोड रुपैयाँबराबरको कारोबार गरेको छ । यस अवधिमा वाणिज्य बैंकबाहेकका विकास बैंक र फाइनान्स कम्पनीहरुले भने ७४ अर्ब १६ करोड रुपैयाँबराबरको कारोबार गरेका छन् । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सबैले गरी चालू आवको पाँच महिनामा आठ खर्ब रुपैयाँभन्दा बढीको बैंकस्तरीय कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरुले क्रमशः पाँच खर्ब ४० अर्ब ७७ करोड र ६७ अर्ब ७० करोडको कारोबार गरेका थिए । राष्ट्र बैंकका अनुुसार २०७५ मंसिरमा ९१–दिने ट्रेजरी बिल्सको भारित औसत ब्याजदर एक प्रतिशत रहेकोमा २०७६ मंसिरमा एक दशमलव ६४ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको कारोबारको भारित औसत ब्याजदर २०७५ मंसिरको एक दशमलव २० प्रतिशतको तुलनामा २०७६ मंसिरमा शून्य दशमलव ७८ प्रतिशत कायम भएको छ ।
वाणिज्य बैंकहरुको औसत आधारदर २०७५ मंसिरको १० दशमलव ३० प्रतिशतको तुलनामा २०७६ मंसिरमा नौ दशमलव ४६ प्रतिशत कायम भएको छ । २०७६ मंसिरमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर छ दशमलव ८० प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११ दशमलव ९३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः छ दशमलव ६२ प्रतिशत र १२ दशमलव ३२ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
बैैंकिङ क्षेत्रमा लगानीयोग्य रकमको अभाव हुुने संकेत
नेपाली बैंकिङ क्षेत्रमा पुुनः लगानीयोग्य रकमको अभाव हुुनसक्ने संकेत देखिएको छ । पछिल्लो समय बजारमा कर्जाको माग बढे पनि निक्षेप नबढेको हुुँदा बजारमा लगानीयोग्य रकमको अभाव हुनसक्ने देखिएको हो । बैंकहरुमा हालकै समयमा पनि लगानीयोग्य रकमको अभाव छ । यो अवस्थामा बैंकहरुले तत्कालको आवश्यकता परिपूर्ति गर्नको लागि लागि बैंकस्तरीय कारोबार (बैंक तथा फाइनान्स कम्पनीहरुको बीचमा अल्पकालीन अवधिको लागि हुुने कारोबार) बढाएका छन् । बैंकस्तरीय कारोबार बढेकै आधारमा अहिले यस्तो कारोबारमा ब्याजदर पनि निकै बढेको छ । ‘ब्याजदर बढ्नुुको प्रमुुख कारण नै बैंकस्तरीय कारोबारमा वृद्धि हुुनुु हो’, एक बैंकरले भने । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालू आवको पाँच महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुले आठ खर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेका छन् । यसमध्ये वाणिज्य बैंकहरुले सात खर्ब ९७ अर्ब ८९ करोड रुपैयाँबराबरको बैंकस्तरीय कारोबार गरेका छन् भने विकास बैंक र फाइनान्स कम्पनीहरुले ७४ अर्ब १६ करोड रुपैयाँबराबरको बैंकस्तरीय कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरुले क्रमशः पाँच खर्ब ४० अर्ब ७७ करोड र ६७ अर्ब ७० करोडको यस्तो कारोबार गरेका थिए ।
‘वित्तीय प्रणालीमा बैंकहरुबीच कारोबार बढ्नुु भनेको लगानीयोग्य रकमको अभाव हुुनुु पनि हो’, एक बैंकरले भने, ‘कुुनै एउटा बैंकमा तत्कालको लागि रकम अभाव हुुँदा त्यो बैंकले अर्को बैंक तथा फाइनान्सबाट अल्पकालीन अवधिको लागि रकम सापटी लिने गर्छ, बजारमा अन्तरबैंक सापटीको माग पनि बढेका कारण ब्याजदरमा निकै चर्को भएको छ ।’ ती बैंकरले भने अहिले बजारमा बैंकहरुबीच कारोबारको ब्याजदर नै तीनदेखि चार प्रतिशतसम्म पुुगेको छ । यदि यो अवस्था कायम रहने हो भने बैंकिङ क्षेत्र फेरि लगानीयोग्य रकमको अभावमा पिरोलिने ती बैंकरको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया