Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफेवातालको जग्गा अतिक्रमण गर्ने धादिङका खतिवडा प्रक्राउ

फेवातालको जग्गा अतिक्रमण गर्ने धादिङका खतिवडा प्रक्राउ


काठमाडौं । फेवातालको जग्गा अतिक्रमण गर्दै डोजर लगाउने धादिङ खाल्टेका युवराज खतिवडा पक्राउ परेका छन् । फेवातालको जग्गा अतिक्रमण भएको भनी चारकिल्ला नक्सांकन गर्न समिति बनेर प्रतिवेदन बन्दै गर्दा खतिवडालाई फेवातालकै जग्गामा डोजर लगाउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो । खतिवडा धादिङ घर भई पोखरामा व्यवसाय गर्दै आएका छन् ।

यसअघि पोखरामा खतिवडा बस्दै आएको घर समेत मापदण्डविपरीत पाइएपछि वडा नं. ५ ले भत्काइदिएको थियो । फेवातालको जग्गा व्यक्तिको नाममा गएको विषयमा छानबिन गर्न गण्डकी प्रदेश सरकारले पुण्यप्रसाद पौडेलको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।

समितिले अदालतको आदेशमा, राजाको हुकुम प्रमांगी, मालपोतबाट छुट दर्ता गरेर तथा सरकारको विभिन्न निकायको नाममा गएर एक हजार छ सय १० रोपनी फेवातालको जग्गा व्यक्तिको नाममा गएको प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्रीलाई नै प्रतिवेदन बुझाउन समितिले समय नपाएपछि भुमिसुधार सचिवलाई बुझाएको हो । प्रतिवेदनमा फेवातालको ११ हजार २५५ रोपनी जग्गामध्ये आठ हजार सात रोपनी जग्गामा मात्र हाल फेवातालको पानी रहेको उल्लेख छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया