Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजीनामा दिन प्रधानन्यायाधीशलाई सुझाव

राजीनामा दिन प्रधानन्यायाधीशलाई सुझाव


काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणालाई पदबाट राजीनामा दिन सुझाव दिएको छ । बारको सोमबार बसेको पदाधिकारी बैठकले प्रधानन्यायाधीश राणालाई राजीनामा दिन सुझाव दिएको हो ।

बारको बैठकले न्यायपालिकाको गरिमा बचाउनका लागि प्रधानन्यायाधीशले ‘निकास’ दिनुपर्ने निष्कर्ष निकालेको बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले बताए । बारको पदाधिकारीहरूले बैठकमा प्रधानन्यायाधीशले राजीनामा दिए मात्रै न्यायालयको गतिरोध अन्त्य हुने सुझाव दिएका थिए । तर यस सम्बन्धमा बारले सल्लाहकार समितिको बैठक राखेर मात्रै औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

बारले मंगलबारका लागि सल्लाहकार समितिको बैठक आह्वान गरेको छ । बारको सल्लाहकार समितिमा पूर्वअध्यक्षहरू, उपत्यका बारका पदाधिकारी र नेपाल बारका पूर्वपदाधिकारीको सहभागिता हुनेछ । यस्तै सर्वोच्चका अन्य न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, बारका पूर्वअध्यक्ष, पूर्वमहान्यायाधिवक्ता, बरिष्ठ अधिवक्ता, अधिवक्ता तथा नागरिक समाजले पनि प्रधानन्यायाधीशलाई राजीनामा दिन सुझाव दिएका छन् । प्रधानन्यायाधीशलाई राजनितिक भाग खोजेको, न्यायापालिकाभित्र हुकुमी शासन चलाएको, स्वार्थ बाझिने मुद्दामामिलामा मिलेमतोमा इजलास तोक्ने गरेको आरोप लागेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया