Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविकास निर्माणका काम तोकिएकै समयमा सक्न निर्माण व्यवसायीलाई आग्रह

विकास निर्माणका काम तोकिएकै समयमा सक्न निर्माण व्यवसायीलाई आग्रह


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले विकास निर्माणका कामहरू तोकिएको समयमा नै गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेकी छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बिहीबारको भेटमा मन्त्री यादवले निर्माण उद्योगलाई समृद्ध बनाउन सम्बन्धित निकायहरू आ—आफ्नो कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने बताइन् ।

निर्माण व्यवसायीहरूलाई काम दिइने पुरानो परिपाटीमा सुधार गर्न आवश्यक रहेको मन्त्री यादवको भनाइ थियो । निर्माण क्षेत्रमा आएका समस्या समाधानका लागि सूक्ष्म अध्ययन आवश्यक रहेको पनि उनले बताइन् । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री यादवसमक्ष निर्माण व्यवसायीहरूको समसामयिक समस्या र समाधानका सम्बन्धमा जानकारी गराएको छ । महासंघ प्रतिनिधिमण्डलले हाल संसद्मा संशोधनको लागि दर्ता भएको सार्वजनिक खरिद ऐन, २०६३ र मस्यौदाको रुपमा रहेको निर्माण व्यवसाय ऐन, २०५५ लगायतका निर्माणसँंग सम्बन्धित कानुनहरु निर्माणमैत्री हुने गरी संशोधन गरिनुपर्ने माग मन्त्री यादवसमक्ष राखेको छ । महासंघ प्रतिनिधिमण्डलले धरौटी रकम फिर्ता, बैंक क्रेडिट लाइनको खारेजी, बीमा शुल्क वृद्धिलगायतका विषयमा आफ्नो लिखित सुझाव मन्त्री यादवलाई बुझाएको छ ।

हाल संघीय, प्रदेश र स्थानीय सरकारअन्तर्गतका निकायहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको निर्देशिकाविपरीत आफूखुसी क्राइटेरियामा निश्चित मापदण्डमा आर्थिक मिलोमतो गरी आफूअनुकूल हुने गरी राखिएको हुँदा यस्ता शर्तहरु तोकिने प्रथाको अन्त्य गर्नका लागि संघीय सरकारबाट तत्काल सम्बन्धित निकायहरुलाई निर्देशन गरिनुपर्ने माग महासंघले राखेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया