Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगभर्नर अधिकारीले भने, ‘सेयर धितो कर्जामा लगाइएको क्याप असल नियतले हो’

गभर्नर अधिकारीले भने, ‘सेयर धितो कर्जामा लगाइएको क्याप असल नियतले हो’


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो कर्जामा लगाइएको क्याप असल नियतले आएको बताएका छन् । नेपाल राष्ट्र बैंक अहिले चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा प्रस्तुत गर्ने तयारीमा रहेको र यो समीक्षामार्फत सेयर धितो कर्जामा गरिएको कडाइलाई खुकुुलो गर्ने आकलन आम लगानीकर्ताहरुले गरेका थिए ।

तर यहीबीचमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार गरेको अर्थसंवाद कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सेयर धितो कर्जामा गरिएको कडाइलाई निरन्तरता दिने संकेत गरेका हुुन् । अहिले पनि सेयरबजारबाट फाइदा उठाउने समूह भनेको निश्चित रहेको र यही समूहले मात्र फाइदा उठाएको भन्दै गभर्नर अधिकारीले यसलाई करेक्सन गर्नकै लागि सेयर धितो कर्जा अर्थात् मार्जिन लेन्डिङमा चारदेखि १२ करोड रुपैयाँसम्मको सीमा तोकिएको उनले बताए ।

नेपालको सेयरबजारबाट केही सीमित व्यक्तिहरुले मात्र फाइदा उठाएको भन्दै अब साना लगानीकर्ताहरुले पनि सेयर धितो राखेर ऋण लिनसक्ने विषयमा राष्ट्र बैंकले अध्ययन गरिरहेको र यसलाई छिट्टै कार्यान्वयनमा ल्याउने उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया