Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी लिम्बु पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी लिम्बु पक्राउ


काठमाडौं केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी अन्दीराम इजम लिम्बुलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार बुढानीलकण्ठ नगरपालिका–३ ठूलोभंगाल, चपली बस्ने ताप्लेजुङ फुलपिङ नगरपालिका–११ स्थायी वतन भएका ४६ लिम्बुलाई शुक्रबार पक्राउ गरिएको हो ।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनको २०७६ मंसिर १० गतेको आदेशले पाँच दिन कैद र ३० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका लिम्बुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले भक्तपुर नयाँठिमीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक महतोले बताए ।

लिम्बुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई २०७४ पुस २८ गते सिद्धार्थ बैंक लिमिटेडको चेक काटी दिएको कसुरमा अदालतले उक्त फैसला गरेको थियो । पक्राउ परेका लिम्बुलाई फैसला कार्यान्यवनका लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया