Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार११ बैंकको ६ महिनाको खुद नाफा १२ अर्ब ५८ करोड

११ बैंकको ६ महिनाको खुद नाफा १२ अर्ब ५८ करोड


सुरेश राउत
काठमाडौँ, माघ २१
सञ्चालनमा रहेका ११ वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा १२ अर्ब ५८ करोड ३१ लाख आठ हजार सात सय २० रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । बैंकहरुले आर्जन गरेको यो नाफा गत आवको सोही अवधिको तुुलनामा ११ अर्ब रुपैयाँले बढी हो । बैंकहरुले गत आवको सोही अवधिमा ११ अर्ब ४६ करोड ३० लाख ५७ हजार तीन सय ८० रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरुले त्रैमासिक सकिएको पहिलो एक महिनाभित्र सकिएको त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ । सोही आधारमा यही माघ २० गते सोमबारसम्म ११ वटा बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक तथ्यांकअनुसार नेपाल बैंक र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नाफा घटे पनि अन्य बैंकहरुको नाफा भने उल्लेख्यरुपमा बढेको छ । सोमध्ये एनआईसी एसिया बैंकको नाफा सबैभन्दा उच्च देखिएको छ । एनआईसी एसियाले चालू आवको दोस्रो त्रैमासिकमा दुुई अर्ब एक करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो मुनाफा बैंकको गत आवको सोही अवधिको तुुलनामा ३३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा एनआईसी एसियाको यस्तो नाफा एक अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।

भारतको पञ्जाव नेशनल बैंक समेतको साझेदारी रहेको एभरेष्ट बैंकले पनि चालू आवको दोस्रो त्रैमासिकमा एक अर्ब ५० करोड ९८ लाख २९ हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । यो मुनाफा बैंकको गत आवको सोही अवधिको तुुलनामा पाँच दशमलव ५९ प्रतिशतले बढी हो । गत आवको उक्त अवधिमा एभरेष्टको यस्तो नाफा एक अर्ब ४२ करोड ९९ लाख १५ हजार रहेको थियो । सरकारी स्वामित्वको नाफा नेपाल बैंकको नाफा अन्यको तुुलनामा बढी देखिए पनि गत आवको तुुलनामा भने बैंकको नाफा घटेको छ । बैंकले चालू आवको दोस्रो त्रैमासिकमा एक अर्ब ३५ करोड २३ लाख ९७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो मुनाफा गत आवको सोही अवधिको तुुलनामा १७ दशमलव ६० प्रतिशतले कम हो । गत आवको दोस्रो त्रैमासिकमा नेपाल बैंकले एक अर्ब ६६ करोड १४ लाख ९८ हजार रुपैयाँ खुद कमाएको थियो ।

कैलाश विकास बैंकलाई समेत प्राप्ति गर्ने अन्तिम तयारीमा रहेको प्राइम कमर्सियल बैंकको नाफा पनि उच्चरुपमा बढेको छ । प्राइमले चालू आवको दोस्रो त्रैमासिकमा एक अर्ब ३० करोड सात लाख ८७ हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । यो मुनाफा बंैकको गत आवको दोस्रो त्रैमासिकको तुुलनामा २२ दशमलव ६१ प्रतिशतले बढी हो । गत आवको दोस्रो त्रैमासिकमा प्राइमको यस्तो नाफा एक अर्ब छ करोड आठ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।

सानिमा बैंकले पनि चालू आवको पछिल्लो अवधिमा एक अर्ब १४ करोड ७४ लाख ६५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो मुनाफा बैंकको गत आवको सोही अवधिको तुुलनामा १६ दशमलव ८४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा सानिमाको यस्तो नाफा ९८ करोड २० लाख ८७ हजार रुपैयाँ रहेको थियो । यसैगरी सिद्धार्थ बैंकले पनि खुुद मुनाफा गत आवको एक अर्ब सात करोड २६ लाख ९८ हजार रुपैयाँबाट दुुई दशमलव २१ प्रतिशतले बढाएर चालू आवको दोस्रो त्रैमासिकमा एक अर्ब नौ करोड ६४ लाख २५ हजार रुपैयाँ पु-याएको छ ।

लक्ष्मी बैंकले पनि गत आवको ६२ करोड ३७ लाख ९१ हजार रुपैयाँबाट २४ दशमलव ७६ प्रतिशतले बढाएर चालू आवको दोस्रो त्रैमासिकमा ९० करोड ३० लाख २९ हजार रुपैयाँ पुु-याएको छ । सनराइज बैंकले पनि चालू आवको पछिल्लो अवधिमा ९४ करोड ४३ लाख ८८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो मुनाफा बैंकको गत आवको सोही अवधिको तुुलनामा १९ दशमलव १३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा सनराइज बैंकको यस्तो नाफा ७९ करोड २७ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।

माछापुुच्छ्रे बैंकले पनि चालू आवको पछिल्लो अवधिमा ८२ करोड १८ लाख ५० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो मुनाफा बैंकको गत आवको सोही अवधिको तुुलनामा पाँच दशमलव १८ प्रतिशतले बढी हो । गत आवको दोस्रो त्रैमासिकमा माछापुुच्छ्रेको यस्तो नाफा ७८ करोड १३ लाख ७७ हजार रुपैयाँ रहेको थियो । कुमारी बैंकले पनि खुुद मुनाफा गत आवको तुुलनामा १८ दशमलव ७५ प्रतिशतले बढाएर ८० करोड ३० लाख ११ हजार रुपैयाँ पुु-याएको छ ।

गत आवको दोस्रो त्रैमासिकमा कुमारीको यस्तो नाफा ६७ करोड ६२ लाख ४४ हजार रुपैयाँ रहेको थियो । सिटिजन्स बैंक इन्टरनेशन लिमिटेडको नाफा भने पछिल्लो अवधिमा घटेको छ । सिटिजन्सले चालू आवको पछिल्लो अवधिमा ६८ करोड ७७ लाख एक हजार रुपैयाँ खुुद मुनाफा कमाएको छ । यो मुनाफा बैंकको गत आवको तुलनामा १० दशमलव ७३ प्रतिशतले कम हो । गत आवको दोस्रो त्रैमासिकमा भने बैंकको यस्तो नाफा ७७ करोड तीन लाख ४६ हजार रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया