Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंघमा दश प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने घोषणा

संघमा दश प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने घोषणा


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा संघीय सरकारमा करिब दश प्रतिशत कर्मचारी दरबन्द कटौती गर्ने घोषणा गरेको छ । आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट मा कर्मचारुीको दरबन्दी कटौतीको घोषणा गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माका अनुसार सरकारी निकायका संगठन संरचना र दरबन्दीको पुनरावलोकन गर्न लागिएको हो । ‘संघीय निजामती सेवा तथा अन्य सरकारी सेवाका कम्तीमा दश प्रतिशत दरबन्दी कटौती गरिनेछ’, बजेट वक्तव्यको बुँदा नम्बर ३७९ मा भनिएको छ । साथै संघमा निजामती र सुरक्षा निकायमा प्राविधिक र अत्यावश्यक बाहेकका नयाँ दरबन्दी थप गरिने छैन । सरकारी निकायको चालू प्रकृतिका प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशतले घटाउने योजना अनुसार कर्मचारीको दरबन्दी कटौती गर्न लागिएको हो ।

त्यस्तै, आगामी आर्थिक वर्षमा सरकारी कार्यालयको लागि सवारी साधन खरिद गरिने छैन भने मर्मतसम्भार गर्दासमेत सञ्चालनमा नआउने सवारी साधन अनिवर्या रुपमा लिलामी गर्ने व्यवस्था गरिनेछ । साथै सर्वाजनिक खर्च पुनरावलोकन आयोग, २०७५ को प्रतिवेदन सार्वजनिक गरी सिफारिस क्रमशः कार्यान्वयन गर्दै लगिनेछ । उक्त प्रतिवेदनमा खर्च कटौती कसरी गर्ने भन्ने उल्लेख गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया