व्यापक मूल्यवृद्धि गरेको आलोक इन्टरप्राइजेज विवादमा
विराटनगर । विराटनगरमा सञ्चालन हुँदै आएको आलोक इन्टरप्राइजेजले पछिल्लो समय व्यापक मूल्यवृद्धि गरी निर्माण सामग्रीको कार्टेलिङ गर्दै आएको विषय सार्वजनिक भएको छ । उक्त इन्टरप्राइजेजका सञ्चालक पछिल्लो समय करछलीको विवादमा पनि मुछिन पुगेपछि उक्त विषय सार्वजनिक भएको हो ।
आलोक इन्टरप्राइजेजका सञ्चालक कपील अग्रवालले करछलीसँगै विभिन्न निर्माणका समानहरूमा समयानुकूल कालोबजारी समेत गर्नेगरेको पाइएको छ । पछिल्लो समय बजारमा निर्माण सामग्रीको भाउ अचाक्ली नै अनियन्त्रित बन्दै गएपछि बजार अनुगमन समेत हुन नसकेको अवस्थामा सञ्चालक अग्रवालले आफूखुसी मूल्य कायम गर्दै आएको गुनासो उपभोक्ताको छ । स्रोतका अनुसार सञ्चालक कपिल अग्रवालको नामबाट विराटनगर ४ मा आलोक इन्टरप्राइजेज फर्म दर्ता गरी व्यापकरूपमा करछली गरिरहेको घटना बाहिरिएसँगै उनको आन्तरिकरूपमा राजस्व दाखिलाका विवरणहरू अध्ययन भइरहेको कुरा थाहा भएको छ ।
सञ्चालक अग्रवालले निर्माण सामग्रीमा उद्योगीसँग मिली कार्टेलिङ गरेको नयाँ तथ्य समेत सार्वजनिक भएको छ । उक्त फर्मबाट न्यून बिल बिजक जारी गरी आयकरसहित मूअकर समेतमा व्यापक ठगी भएको हुनसक्ने भन्दै आन्तरिक राजस्व कार्यालयबाट अनुसन्धान समेत सुरु भएको रहस्य बाहिरिएको छ । गत आर्थिक वर्षमा पनि सञ्चालक कपिल अग्रवालले आलोक इन्टरप्राइजेजको नामबाट वार्षिक आठ करोडको मात्र व्यवसायी कारोबार गरेको विवरण आन्तरिक राजस्व कार्यालयमा बुझाएको घटना बाहिरिएसँगै उनको कारोबारको विवरण नै शंकाको घेरामा पर्न पुगेपछि पछिल्लो समय उक्त फर्मको आन्तरिक हिसाब विवरणका सम्बन्धमा अनुसन्धान भइरहेको कुरा राजस्वस्रोतले बताएको छ ।
स्रोतले दिएको जानकारीअनुसार अग्रवालले निर्माण–सिजन सुरु हुनुअघि नै अर्थात् (दुई महिनाअघि) खरिद गरी गोप्यरूपमा राखेको निर्माण सामग्रीहरू बजारभाउ उकालो लागेसँगै डबल मूल्य कायम गरी बिक्रीवितरणमा ल्याएको दाबी स्रोतहरूले गरेको छ । अग्रवालले निर्माणका समग्रीहरू अग्रीम भुक्तानी गरी उद्योगमै छोडिदिने र महँगो मूल्य कायम भएपछि ल्याएर बिक्रीवितरण गर्नेगरेको रहस्य समेत बाहिरिएको छ । यसरी उनले गर्ने गरेको अवैध स्टकबारे कसैले पत्ता लगाउन नसकेको कुरा व्यवसायीस्रोतले नै बताइएको छ । उनले निर्माणमा प्रयोग हुने वायर, जस्ता, एंगल्स, एंगल्सपत्तीलगायत अन्य निर्माण सामग्रीको अवैध भण्डारी गरी कलोबजारी गर्दै आएको स्रोतको दाबी छ ।
यसरी विवादमा तानिएको आलोक इन्टरप्राइजेज र सञ्चालक निर्माण समग्रीहरूमा अचाक्ली मूल्यवृद्धि गर्ने काममा अग्रपंक्तिमा रहेको कुरा व्यवसायीहरूले नै जानकारी गराएपछि यसको रहस्य खुलेको छ । व्यापारी र उद्योगीबीचको मिलेमतोमा उद्योग तथा बजारमा उपलब्ध सबै सामान उठाएर बजारमा कृत्रिम आभावको सिर्जना गर्ने काममा पछिल्लो समय अग्रवाल अगाडि नै हुनेगरेको कुरा व्यापारीहरूको छ । व्यापारीहरूले सस्तिएको मूल्यमा सामान उठाएर राखेको सामानलाई नै उच्च मूल्यवृद्धि गरी महँगो मूल्यमा बिक्रीवितरणमा ल्याउने गरेको कुरा जानकाहरूले बताएका छन् ।
विराटनगरलगायत प्रदेश १ को पूर्वी बजारीमा हुने कार्टेलिङको मुख्य योजनाकार समेत रहेका आलोक इन्टरप्राइजेजका सञ्चालक कपिल अग्रवाल नै निर्माण सामग्रीको मूल्य वृद्धिका समयमा पटक–पटक निकै चर्चा र विवादमा आउने गरेको कुरा निर्माण सामग्रीको कारोबारमा संलग्न व्यवसायीहरूले नै बताउन थालेपछि उनको कारोबारी रहस्य समेत खुलेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १७ दशमलव ६८ बिन्दुले ओर्लियो सेयर बजार
- इन्धनको उच्च मूल्यवृद्धिपछि बंगलादेशमा देशव्यापी विरोध प्रदर्शन
- अवतरणको ४५ मिनेटसम्म पनि स्पाइसजेटको बस नआएपछि..
- क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता
- अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु
- तरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति
- ‘सिटिजन्स चिरायु’ मुद्दती योजना तथा रेमिट्यान्स चिरायु मुद्दती योजना सञ्चालनमा
- महालक्ष्मी विकास बैंकको नाफामा उछाल
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया