Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थमा जस्तो मन्त्री उस्तै सचिव

अर्थमा जस्तो मन्त्री उस्तै सचिव


काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्कर कर्णलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमै कार्यरत कर्णलाई अर्थसचिव बनाएको हो । अर्थसचिव बनेका कर्ण अर्थको पृष्ठभूमिका होइनन् । अर्थमन्त्री जनार्दन शर्मा पनि अर्थतन्त्रका बारेमा शून्य ज्ञान भएका माओवादीका विद्वान् हुन् ।

अर्थसचिव बनेका कर्ण अख्तियारमा अयोग्य ठहर भएर पदमुक्त भएका लोकमानसिंह कार्कीका विश्वासपात्र हुन् । कार्की २०७३ पुस २४ गतेको सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासको उत्प्रेषणयुक्त आदेशबाट प्रमुख आयुक्तमा नियुक्त हुनका लागि अयोग्य ठहर भएपछि पदमुक्त भएका थिए । उनै कार्कीले कर्णलाई पहिलादेखि नै उठौतीलगायतका काममा संलग्न गएका कारण उनी राजनीतिक नेताहरुलाई रिझाउन सिपालु भएका थिए ।

अर्थको शून्यज्ञान भएका कर्ण सचिव भएपछि निर्वाचनको बेला राज्यको ढुकुटीको दोहन बढ्ने देखिन्छ । सरकार पनि अर्थको ज्ञान भएका भन्दा पनि नभएका व्यक्तिलाई सचिव बनाएर निर्वाचनलाई आफ्नो पक्षमा पार्ने अन्तिम कसरतमा रहेको बेला त्यस्तै पात्र सचिव बन्न पुगेका हुन् । मधुकुमार मरासिनीलाई अर्थबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेपछि अर्थसचिवको पद रिक्त थियो ।

बजेट निर्माण र राजस्वको दर हेरफेरमा अर्थमन्त्री शर्माले बाहिरका व्यक्ति प्रयोग गरेपछि मन्त्री र सचिवबीच मनमुटाव बढेको थियो । सरकारले राजस्व सचिवमा भने रामेश्वर दंगाललाई दिएको छ । उनी भने अर्थकै उत्पादन हुन् । विष्णु पौडेल अर्थमन्त्री भएको बेला पनि दंगाललाई अख्तियारबाट ल्याएर अर्थमै राखिएको थियो । अहिले भने उनी सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव थिए । दंगाल गत पुसमा सचिव भएका हुन् । त्यसपछि उनलाई सुदूरपश्चिम पठाइएको थियो ।

त्यस्तै, सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा सुरेश अधिकारीलाई लगेको छ । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पर्यटनमा सरुवा गरिएको हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया