मोबाइल बैंकिङ प्रयोगकर्ता बढ्दै
‘मोबाइलबाट बैंकिङ कारोबार गर्ने एक करोड ८३ लाख पुगे’
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गरेकै कारण पछिल्लो समय नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको छ । डिजिटल कारोबार सरल, सहज, झन्झटमुक्त र सुरक्षित भएकै कारण मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको हो ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/०७९ सम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरुको संख्या एक करोड ८३ लाख सात हजार दुई सय २५ पुगेको छ । सो अनुसार सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुमा रहेका मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरुको संख्या एक करोड ६० लाख ९१ हजार चार सय ६४ रहेको छ ।
क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुमा रहेको मोबाइल बैंकिङ ग्राहकको संख्या भने २१ लाख १४ हजार पाँच सय ५९ रहेको छ । यसैगरी सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरुमा भने मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहहरुको संख्या एक लाख एक हजार दुई सय ३२ छ ।
राष्ट्र बैंकका अनुसार इन्टरनेट बैंकिङ प्रयोगकर्ता ग्राहकहहरुको संख्या भने १६ लाख ८४ हजार तीन सय १० रहेको छ । जसमध्ये वाणिज्य बैंकहरुमा १२ लाख ७९ हजार चार सय ७५, विकास बैंकहरुमा तीन लाख ९४ हजार पाँच सय ६३ र फाइनान्स कम्पनीहरुमा १० हजार दुर्ई सय ७२ जना इन्टरनेट बैंकिङ ग्राहक छन् । डेबिट कार्ड प्रयोगकर्ता ग्राहकको संख्या भने आव २०७८/०७९ मा एक करोड आठ लाख ५६ हजार तीन सय ५७ छ । सोमध्ये वाणिज्य बैंकहरुमा रहेको डेबिट कार्ड प्रयोगकर्ताहरुको संख्या एक करोड दुई लाख ७४ हजार चार सय १३ छ भने विकास बैंक फाइनान्स कम्पनीहरुमा यस्तो संख्या क्रमशः पाँच लाख ३८ हजार छ सय ७२ र ४३ हजार दुई सय ७२ छ ।
बैंकिङ क्षेत्रमा क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या दुई लाख ३८ हजार सात सय ९४ छ । राष्ट्र बैंकका अनुसार विकास बैंक र फाइनान्स कम्पनीहरुमा भने क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या शून्य छ । यसैगरी प्रिपेड कार्ड प्रयोगकर्ता ग्राहकहरुको संख्या एक लाख पाँच हजार एक सय २१ छ । विकास बैंक र फाइनान्स कम्पनीहरुमा पनि प्रिपेड कार्ड प्रयोगकर्ताहरुको संख्या शून्य छ ।
राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा सञ्चालनमा रहेका एटीएम काउन्टरको संख्या भने चार हजार छ सय दुई छ । जसमध्ये वाणिज्य बैंकहरुको चार हजार दुई सय ३५, विकास बैंकहरुको तीन सय २३ र फाइनान्स कम्पनीहरुको ४४ वटा एटीएम काउन्टरहरु सञ्चालनमा रहेको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैकद्वारा प्रत्यक्ष वैदेशिक लगानीको प्रयोगसम्बन्धी रिपोेर्ट सार्वजनिक
नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीको प्रयोगसम्बन्धी अनुसन्धानान्तमक रिपोर्ट सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार उक्त रिपोर्ट राष्ट्र बैंकबाट प्रत्यक्ष वैदेशिक लगानीको लागि स्वीकृति लिएका छ सय चार वटा फर्ममध्ये एक सय ९७ वटा फर्ममा आधारित रहेर उक्त रिपोर्ट तयार गरिएको हो ।
उक्त रिपोर्टअनुसार नेपालमा प्रत्यक्ष वैदेशिक लगानी १४ दशमलव आठ प्रतिशतले बढेर २२७.९ बिलियन पुगेको छ । नेपालले २०२१ को जुलाईसम्मममा ५५ वटा विभिन्न राष्ट्रहरुबाट प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको देखिएको छ । जसमध्ये टप पोजिसनमा इण्डिया रहेको छ ।
इण्डियाबाट मात्र नेपालले ७५.८ बिलियन वैदेशिक लगानी भित्र्याएको छ भने चाइनाबाट ३३ बिलियन विदेशी लगानी भित्र्याएको छ । यसैगरी आयरल्याण्डबाट १६.५ बिलियन, सिंगापुरबाट १५.५ बिलियन र सेन्ट किट्स एण्ड नेभिजबाट १४.५ बिलियन बिदेशी लगानी भित्र्याएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
- आज इलाम र बझाङमा उपनिर्वाचन
- पाठ्यक्रममै प्रविधिको विकास गरौँ
- पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
- धरौटिमा छुटे दिपेश पुन
- अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया