नयाँ स्टक एक्सचेन्ज सञ्चालनको लागि आवेदन माग
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्नको लागि आवेदन माग गरेको छ । बोर्डले आइतबार सार्वजनिक सूचना जारी गर्दै धितोपत्र बजार (स्टक एक्सचेन्ज), वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) तथा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (स्टक ब्रोकर र स्टक डिलर) को सञ्चालन अनुमतिको लागि आवेदन माग गरेको हो ।
बोर्डले सूचना जारी भएको मिति अर्थात् (२०७९ असोज २ गतेको मितिले स्टक ब्रोकर र स्टक डिलरको हकमा ३० दिनभित्र आवेदन दिइसक्नुपर्ने गरी सूचना जारी गरेको हो । नयाँ स्टक एक्सचेन्जको हकमा भने सूचना जारी भएको मितिले ४५ दिनको अवधि तोकेर सूचना जारी गरिएको बोर्डले जानकारी दिएको छ ।
बोर्डका अनुसार सीमित कारोबार गर्ने स्टक डिलरको लागि २० करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्नेछ भने पूर्ण कार्य गर्ने दलाल व्यवसायीको लागि न्यूनतम चुक्ता पुँजी ६० करोड रुपैयाँ हुनुपर्नेछ । यसैगरी स्टक डिलरको लागि भने न्यूनतम एक अर्ब ५० करोड न्यूनतम चुक्ता पुँजी हुनुपर्नेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया