काठमाडौं । लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लि.मा चरम आर्थिक संकट सुरु भएको छ । संस्थामा सेयर सदस्यहरुले गरेको बचत सञ्चालकहरुले आफू खुसी आ–आफ्नो व्यक्तिगत आयआर्जनका कार्यमा लगानी गरेका थिए र केही रकम कर्जामा लगानी गरेका थिए । सञ्चालकहरुले आफू र आफन्तका नाममा गरेका लगानी फिर्ता हुने अवस्था नहुँदा लालीगुराँस सहकारीले बचतकर्ताले मुद्दती बचतमा राखेको रकम निकाल्ने समय परिपक्क भइसक्दा पनि फिर्ता गर्नसकेका छैनन् ।
लालीगुराँस सहकारीमा बचत गरेको रकम फिर्ता माग्ने बचतकर्ताहरुको ताँती लागेको छ तर बचतकर्ताहरुको रकम फिर्ता गर्न नसकेर लालीगुराँस सहकारीका सञ्चालकहरु उनीहरुसँग भागीभागी हिँड्ने गरेका छन् ।
बचतकर्ताहरुको रकम फिर्ता नगरी सञ्चालकहरु भागीभागी हिँड्ने गरेको लालीगुराँस सहकारी काठमाडौंको ठूला सहकारीमध्येको एक हो । विघटित गोर्खा विकास बैंकका डीबी बम्जनका नातेदार धनबहादुर तामाङ अध्यक्ष रहेको लालीगुराँस सहकारीमा स्रोत नखुलेको धनको कारोबार बढी हुने गरेको पाइएको छ ।
बचतकर्ताहरुले बचत रकम फिर्ता मागेपछि रकम फिर्ता गर्न नसकेर भाग्दै आएका सञ्चालकले बचतकर्ताहरुलाई चितवन, भक्तपुर, काभ्रेलगायतका क्षेत्रका जमिन दिने सन्देश पठाउने गरेका छन् र त्यो पनि एक करोड रुपैयाँ बचत गरेका बचतकर्तालाई आफैँले मूल्य तोकेर महंगोमा जग्गा भिडाउने र जबर्जस्ती थप रकम असुल्ने प्रपञ्च रचिरहेका भए पनि बचतकर्ताहरुले त्यस्तो जमिन लिन अस्वीकार गर्दै आएका छन् । लालीगुराँसका सञ्चालकहरुले चार अर्बभन्दा बढी रकम अपचलन गरेको पीडितहरुले बताउने गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ
- अर्थमन्त्रीसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता
- हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु
- फास्ट-ट्र्याकको डिजाइन नेपाली सेनाको व्यवस्थापनमा परिवर्तन गरिने
- निर्वाचन आयोगले शुक्रबार सर्वदलीय छलफल गर्ने
- नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
- बंगलादेशमा गर्मी बढ्यो, विद्युत् कटौतीसँगै विद्यालय बन्द
- भोडाफोन र हचिसनले मर्जर घोषणा गर्ने
धेरैले पढेको
- मध्यपहाडी राजमार्गका ठेक्काहरू तोड्दै कार्यस्थल छाड्न निर्माण व्यवसायीलाई निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया