हालसम्म दुई सय ४७ बैंक तथा वित्तीय संस्था मर्ज
बैंक तथा फाइनान्स कम्पनीको कुुल शाखा संख्या ११ हजार छ सय नौ पुग्यो
काठमाडौं । हालसम्म दुई सय ४७ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७९ असोज मसान्तसम्ममा कुुल दुुई सय ४७ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका हुुन । यसमध्ये एक सय ७९ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ६८ वटा संस्था मात्र कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको कुुल संख्या भने यस अवधिमा एक सय २५ वटा कायम भएको छ । सो अनुुरुप २६ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ६४ वटा लघुुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुले भने सात सय ५२ स्थानीय तहमा शाखा विस्तार गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको पछिल्लो तीन महिनाको विस्तृत प्रतिवेदनअनुसार सातवटा प्रदेशका सात सय ५३ स्थानीय तहमध्ये अब वाणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी रहेको स्थानीय तहको संख्या एउटा मात्र रहेको छ ।
यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने ११ हजार छ सय नौ पुुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या पाँच हजार ७४, विकास बैंकहरुको एक हजार एक सय २१, फाइनान्स कम्पनीहरुको दुुई सय ७४ र लघुुवित्त वित्तीय संस्थाहरुको पाँच हजार एक सय ४० वटा शाखाहरु सञ्चालनमा रहेका छन् । यसअघि अर्थात् २०७९ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या ११ हजार पाँच सय २८ रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया