Techie IT
×
गृहपृष्ठसमाचारएटीआर विमान निर्माता कम्पनीको विज्ञ टोली नेपालमा

एटीआर विमान निर्माता कम्पनीको विज्ञ टोली नेपालमा


काठमाडौ । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ । एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार एटीआर निर्माता कम्पनीबाट काठमाडौँ आएको नौ सदस्यीय विज्ञ टोली मंगलबार पोखरा पुगिसकेको छ । विश्वमै सुरक्षित मानिएको एटीआर विमान दुर्घटनापछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चासो बढेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया