अमेरिकी राजदूतसँग व्यापार सहजीकरणका लागि पहल गर्न उद्योगीको आग्रह
विराटनगर । उद्योग संगठन मोरङका प्रतिनिधिले नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनसँग नेपाल र अमेरिकाको व्यापार सहजीकरण गरिदिन आग्रह गरेका छन् ।
संगठनका अध्यक्ष सुयश प्याकुरेलले अमेरिकाले नेपाललाई सहुलियतपूर्ण प्रवेशको अनुमति दिएको ७७ वटा वस्तुहरु खासै निर्यात हुन नसकेको तथ्यलाई मध्यनजर गरी उक्त वस्तुहरुको सूची पुनरवलोकन गर्न आग्रह गरेका थिए । उनले ऊर्जाका क्षेत्रमा नेपालमा भइरहेको लगानी रन अफ रिभरमा आधारित रहेकाले आगामी दिनमा अमेरिकी सरकारले एमसीसीजस्ता ठूला र दीर्घकालीन महत्व राख्ने परियोजनाअन्तर्गत लगानी गर्दा जलाशययुक्त विद्युत् गृह र नेपालको जलमार्ग विकासतर्फ लगानी गर्न समेत सुझाव दिए । त्यसैगरी अध्यक्ष प्याकुरेलले नेपालको उद्योग व्यवसायहरुको प्रतिस्पर्धी क्षमता र उत्पादकत्व अभिवृद्धिका साथै हरित उत्पादनलाई दृष्टिगत गरी अमेरिकाले प्रयोगमा ल्याएको नवीनतम प्रविधि प्रयोग र हस्तान्तरणमा सहजीकरण तथा अनुभव आदानप्रदानमा सहयोग गर्न पनि अनुरोध गरेका छन् ।
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले नेपाल र अमेरिकाबीचको व्यावसायिक विस्तारका लागि आफू सदैव सकारात्मक रहेको बताएका थिए । उनले अमेरिकाले सहुलियतपूर्ण निकासीका लागि अनुमति दिएको वस्तुको सूचीलाई पुनर्विचार गर्न आफूले भरममग्दुर पहल गर्ने बताउँदै निजी क्षेत्रको विकास र विस्तारले देशको आर्थिक विकासमा दूरगामी महत्व राख्ने उल्लेख गर्दै दुवै देशको व्यापारिक हितलाई मध्यनजर गरी सहयोगका लागि आफूले अमेरिकी सरकारसँग सहजीकरण गर्ने जानकारी गराएका थिए ।
सो अवसरमा राजदूत थम्प्सनले उद्योग संगठन मोरङमा रहेको अमेरिकन कर्नरको अवलोकन गरी विराटनगरमा रहेका अल्मुनाइहरुका साथ अन्तर्क्रिया समेत गरेका छन् । कार्यक्रममा संगठनका तर्फबाट उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, कोषाध्यक्ष विपिन कावरा, सुशील रिजाल, सौरभ सारडा, पारस लुनिया, इन्द्र खत्री, सुदिप घिमिरेका साथै अमेरिकी दूतावासका उच्चपदस्थ प्रतिनिधिहरुको सहभागिता थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया