अमेरिकी डलर एक लाखभन्दा बढीको सटहीको लागि स्वास्थ्य सेवा विभागको सिफारिस चाहिने
काठमाण्डौं,चैत १४
अमेरिकी डलर एक लाखभन्दा बढीको सटहीको लागि स्वास्थ्य सेवा विभागको सिफारिस चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक र विकास बैंकको नाउँमा परिपत्र जार गर्दै कोभिड १९ सँग सम्बन्धित औषधिजन्य वस्तु तथा स्वास्थ्य उपकरण आयातको हकमा यस्तो व्यवस्था गरेको हो । यो व्यवस्थाअनुसार स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको सिफारिसमा गरिने कोभिड १९ सँग सम्बन्धित औषधिजन्य सामग्री तथा स्वास्थ्य उपकरणहरुको आयातको हकमा एउटै बीजकबाट अमेरिकी डलर एक लाखसम्मको रकम टीटी अथवा ड्राफ्टको माध्यमबाट भुक्तानी गर्न पुरानो व्यवस्थाले बाधा पार्नेछैन । पुरानो व्यवस्थाअनुसार विदेशी मुद्रा कारोबार गर्ने बैंक तथा वित्तीय संस्था र अन्य निकायहरुले बढीमा एक पटकमा ३० हजार अमेरिकी डलर वा सोबराबरको परिवत्र्य विदेशी मुुद्रा मात्र सटहीको सुविधा प्रदान गर्न सक्नेछन् । यसरी टीटीमार्फत सटही सुविधा प्रदान गर्दा अमेरिकी डलर २५ हजारभन्दा बढीको सटही सुविधाको लागि व्यावसायिक विश्वसनीयतासम्बन्धी जानकारी पेश गर्नुुपर्नेछ ।
नयाँ व्यवस्थाअनुसार व्यापारिक फर्मद्वारा प्रतीतपत्रमार्फत गरिने आयातको हकमा प्रतीतपत्रअन्तर्गत भुक्तानी पठाउनुुअघि प्रतीतपत्र रकम (डकुुमेन्ट भ्यालुु)को १० प्रतिशत रकम धरौटीको रुपमा लिनुुपर्ने छ । परिपत्रअनुसार व्यापारिक फर्मबाट लिइने यस प्रकारको धरौटी लिने समय र प्रतीतपत्रमा उल्लिखित भुक्तानीको शर्त फरक पर्न सक्नेछ । साथै स्वास्थ्य सेवा विभागले सिफारिस गरेको कोभिड १९ को संक्रमणसँग सम्बन्धित औषधिजन्य सामग्रीहरु तथा स्वास्थ्य उपकरणहरुको प्रतीतपत्रमार्फत पैठारी गर्दा धरौटीको रकम आवश्यक नपर्ने परिपत्रमा भनिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- हाकिमको गाली, कारिन्दाको कुर्सी खाली
- लगानी सम्मेलनबाट आशा र अपेक्षा
- बाल मन्दिरद्वारा बृहस्पति विद्या सदनलाई जग्गा लिजमा दिने आफ्नो निर्णय आफैँ रद्द
- सुर्तीजन्य वस्तुको करवृद्धि रोक्न सरकार र उत्पादकहरूको साँठगाँठ !
- इलाम- २ मा मतगणना ११ बजेबाट सुरु हुँदैे
- इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे
- लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया