Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगव्यावसायिक लागत घटाउन सरकारले काम गर्छ : मुख्यसचिव अर्याल

व्यावसायिक लागत घटाउन सरकारले काम गर्छ : मुख्यसचिव अर्याल


काठमाडौं । नवनियुक्त मुख्यसचिव डा. वैकुण्ठ अर्यालले व्यावसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा मुख्यसचिव डा अर्यालले हालको आर्थिक अवस्था सुधारका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने पनि बताए । भेटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नवनियुक्त मुख्यसचिव डा अर्याललाई बधाई दिँदै विद्यमान मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउन सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए । यसै गरी उनले आर्थिक विधेयकमा गरिएको परिवर्तनले विभिन्न उद्यम व्यवसायमा नकारात्मक प्रभाव देखिएको उल्लेख गर्दै यसको संशोधनका लागि पहल गर्न पनि मुख्यसचिवसँग आग्रह गरे ।

महासंघले निजी क्षेत्रको मर्यादाक्रमको विषय उठाइरहेको र विद्यमान अवस्थामा उद्यमी व्यवसायीको मनोबल उच्च बनाउन आवश्यक भएकोमा अध्यक्ष ढकालले जोड दिए । यसै गरी जिल्ला नगरमा आयोजना हुने मेला महोत्सव व्यवस्थित बनाउन जिल्ला नगर उद्योग वाणिज्य संघले आयोजना गर्ने गरी व्यवस्था गर्न ढकालले सुझाए ।

यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारको निजी क्षेत्रबारे प्रस्ट नीति हुनुुपर्नेमा जोड दिए । महासंघका उपाध्यक्षहरू सुरकृष्ण वैद्य र हेमराज ढकालले बढ्दो ब्याजदरका कारण साना व्यवसायी प्रभावित रहेकाले व्यावसायिक लागत घटाउन सरकारले पहल गर्नुपर्ने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया