Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधश्रम आप्रवासन नीतिको प्रारम्भिक मस्यौदामाथि छलफल

श्रम आप्रवासन नीतिको प्रारम्भिक मस्यौदामाथि छलफल


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम आप्रवासन नीतिको प्रारम्भिक मस्यौदामाथि सरोकारवाला निकाय र व्यक्तिसँग सुझाव सङ्कलनका लागि अन्तरक्रिया गरेको छ । मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा श्रममन्त्री शरतसिंह भण्डारीले आन्तरिक र बाह्य रोजगार मर्यादित बनाउनका लागि पहलकदमी लिन सरकारले उक्त नीति बनाउन लागेको बताए । साथै उनले आन्तरिक तथा बाह्य आप्रवासन समस्यालाई व्यवस्थित गर्न तदारुकताका लागि र आगामी पञ्चवर्षीय योजनामा रोजगार प्रवद्र्धनका लागि नीतिको आवश्यकता औंल्याए ।

कार्यक्रममा सचिव केवलप्रसाद भण्डारीले कार्यदलबाट आएका सुझाव समेटी मस्यौदालाई थप परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गर्दै नीतिमा स्वास्थ्य र सामाजिक सुरक्षालाई मूल आधार बनाउन मन्त्रालय प्रयत्नरत रहेको उल्लेख गरे । सो अवसरमा विभिन्न सरोकारवाला निकाय र व्यक्तिले मस्यौदाका विभिन्न प्रावधानमाथि आफ्ना धारणा र सुझाव दिएका थिए । श्रम मन्त्रालयले श्रमविज्ञ डा. गणेश गुरूङको संयोजकत्वमा श्रम आप्रवासन नीतिको मस्यौदा बनाउन कार्यदल गठन गरेको थियो । कार्यदलले श्रम आप्रवासन नीतिबारे सरोकारवालासँग छलफल गर्न सुरु गरेको छ ।


क्याटेगोरी : बिबिध
ट्याग : #page 2

तपाईको प्रतिक्रिया