Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभीमदत्त नगरपालिकाका भूमिहीन विपन्न परिवारलाई आवास

भीमदत्त नगरपालिकाका भूमिहीन विपन्न परिवारलाई आवास


महेन्द्रनगर, जेठ १९
भीमदत्त नगरपालिकाका विपन्न र भूमिहीन परिवारले यस वर्ष आफ्नै घरमा बस्न पाउने भएका छन् । यस वर्ष नगरपालिकामा जनता आवास कार्यक्रमअन्र्तगत २२ परिवारका घर निर्माण हुन लागेका हुन् । ती सबै परिवारको घर निर्माण सुरु गरी सकिएको छ । कञ्चनपुर क्षेत्र नं. ३ का सांसद डा.दिपक प्रकाश भट्टको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, भीमदत्त नगरपालिका र हेभिवेट इन्टरनेशनलको साझेदारीमा घर निर्माण हुन लागेका हुन् । जनता आवास कार्यक्रम गत वर्षदेखि सञ्चालन गरिएको थियो । जनता आवास कार्यक्रमअन्तर्गत सबैभन्दा बढी वडा नं. ९ र १० मा १०/१० घर निर्माण हुन लागेका छन् ।

वडा नं. ९ को जमुनाभाडीको वादी समुदायको बस्तीमा घर बनाउन थालिएको छ । वादी समुदाय पुस्तौंदेखि भूमिविहीन छ । कार्यक्रमअन्तर्गत वडा नं. ३ र ६ मा एक/एक घर निर्माण सुरु गरिएको छ । ती सबै घर शौचालयसहितको दुई कोठाका छन् । घर निर्माण सुरु गरिएपछि भूमिहीन विपन्न परिवार खुुसी छन् । गत वर्ष भीमदत्त नगरपालिकाका कार्यक्रमअन्तर्गत १५ परिवारका घर निर्माण गरिएका थिए । घर निर्माणमा सांसद भट्टको स्थानीय पूर्वाधार विकास साझेदारीबाट ५० लाख, भीमदत्त नगरपालिका १० लाख र हेभिवेटको २० लाख खर्च साझेदारी गरिएको छ । भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट, उप–प्रमुख सुशिलाचन्द सिंहले घर निर्माणको स्थलगत अनुमगन गरेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x