Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभाटभटेनी ग्रुपले मन्दिरमा २ करोड लागतमा सत्तल निर्माण गर्ने

भाटभटेनी ग्रुपले मन्दिरमा २ करोड लागतमा सत्तल निर्माण गर्ने


काठमाडौं, असार १७
भाटभटेनी ग्रुपले नक्सालस्थित भाटभटेनी मन्दिरपरिसरमा दुई करोड लागतमा सत्तल निर्माण गर्ने भएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्धनिर्देशक मीनबहादुर गुरुङले भाटभटेनी माताको मन्दिरपरिसरमा स्वर्गीय बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा उक्त भवन निर्माण गर्नलागेको जानकारी दिए । उक्त भवनको शिलान्यास उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार बिहान गरेका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पोखरेलले व्यवसायी गुरुङको प्रशंसा गरेका थिए । उनले भने, ‘मीनबहादुरजी धनमात्रै होइन मन पनि भएको व्यक्ति हुनुहुन्छ । हामीले मीनबहादुरजीलाई के पाएका छौं भने धन र मन दुवै भएको व्यक्तिका रुपमा । हामीले त्यसरी चिन्छौं । उहाँजस्तै निजी क्षेत्रमा क्रियाशील धेरै जना हुनुहुन्छ । उहाँलाई अनुशरण गर्दै उहाँहरु पनि अघि बढ्नुपर्छ । लगनशील भएर काम गरिरह्यो भने प्रगति गर्न सकिन्छ भन्ने उदाहरण उहाँले दिनुभएको छ’, उनले सरकारले व्यवसायीलाई सहजीकरण गरिदिने बताउँदै भने, ‘हाम्रा पुर्खाहरुले निर्माण गरेको चिजहरुलाई नष्ट हुनबाट हामीले नै बचाउनुपर्छ ।

हाम्रा पुर्खाहरुले धेरै कुरा निर्माण गरे । हाम्रा कारणले नष्ट हुँदै छन् । तर मीनबहादुरजीले त्यसको निर्माण गर्दै हुनुहुन्छ । सत्तलमा विगतमाजस्तो कोही यात्रुहरु आएर नबसे पनि यसले संकेतको काम गर्छ । दृष्टान्तको रुपमा यो सत्तल रहन्छ । हाम्रा पुराना चिजहरुको संरक्षण हामी आफैँले नै निर्माण गर्नुपर्ने हुन्छ ।’ कार्यक्रममा प्रदेश सांसद नारायण सिलवालले पनि गुरुङले गरेको योगदानको चर्चा गर्दै प्रशंसा गरेका थिए ।

उक्त वडाका अध्यक्ष रमेश डंगोलले पनि भाटभटेनी मन्दिरमा सत्तल निर्माण गरिनु राम्रो काम भएको बताए । उक्त सत्तल भाटभटेनी ग्रुपका अध्यक्ष मीनबहादुर गुरुङ र भाइ पहल गुरुङले निर्माण गर्न लागेका हुन् । ‘भाटभटेनी मन्दिरकै नामबाट हामीले सुपरमार्केट्स खोल्यौँ’, उनले भने, ‘अहिले देशका विभिन्न स्थामा भाटभटेनी खुलेका छन् । यहाँको मन्दिरमा हामीले पहिलेदेखि नै संरक्षण गर्दै आएका थियौं । अहिले यसको आडैमा नयाँ भवन बनाउन लागिएको हो ।’

सोमबार नयाँ भवन निर्माणका लागि भूमिपूजन गरिएको थियो । काठमाडौंमा बाँच्न र भविष्य सुनिश्चित गर्नका लागि आफूले सुरु गरेको व्यवसाय अहिले यहाँसम्म विस्तार भएको अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले बताएका थिए । ‘अहिले हामीसँग सात हजार भाइबहिनी आवद्ध हुनुहुन्छ । निर्माणका लागि १५ सय व्यक्तिहरु आबद्ध हुनुहुन्छ । ठेक्कापट्टामा नगइ इनहाउस गर्ने गरेका छौं’, उनले भने, ‘यहाँसम्म आउनुको पछाडि भाटभटेनी माताको कृपा हो । हामीले यहाँ चारतलाको सत्तल बनाउन लागेका थियौं तर केही व्यक्तिहरुको सुझावका आधारमा दुई तला बनाउन लागेका हौं ।’


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x