Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसदावहार सामुदायिक वनमा वन्दनाको नेतृत्व

सदावहार सामुदायिक वनमा वन्दनाको नेतृत्व


बाँके ।
नरैनापुर गाउँपालिकामा रहेकोे सदावहार सामुदायिक वन उपभोक्ता समूह खोदावामा नया कार्यसमिति चयन भएको छ । नरैनापुरमा भएको निर्वाचनमा वन्दना सिंहको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको निर्वाचन अधिकृत तथा नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले बताए । निर्वाचनमा अध्यक्षमा वन्दना सिंह, कोषाध्यक्षमा जगराना यादव तथा सचिव पदमा अभिमन्यु सिंह विजयी भएका हुन् ।

यस्तै समितिको उपाध्यक्षमा चित्र कुमारी परियार, सहसचिवमा मनमाया परियार, सदस्यहरूमा रूक्साना पठानिन, जदुरा लोधिन, केवलराम यादव, धनीराम यादव, रामकिशोर शर्मा, खलिल खां, मन्शा राम कहार, निफ खान, परसु पासी, विमला तमोली, रामकिशोर यादव, प्रमोद कुमार सिहं निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष, कोषाध्यक्ष तथा सचिव पदको लागि भएको निर्वाचनमा अध्यक्ष पदका अर्का उम्मेदवार नन्कु अहिरले ९७, विजयी भएकी अध्यक्ष पदमा वन्दना सिंह १ सय ७७ मत, कोषाध्यक्ष पदकी अर्को उम्मेदवार नन्का कुम्हािरन ६२ मत, विजयी भएकी कोषाध्यक्ष जगराना यादव १ सय ८० मत तथा सचिव पदको अर्को उम्मेदवार रिना देवी मिश्र १ सय ७ मत, सचिव पदमा विजयी भएको अभिमन्यु सिंहले १ सय ५० मत प्राप्त गरेका थिए ।

निर्वाचनपछि नवनिर्वाचित पदाधिकारीहरूलाई गाउँपालिकामा शपथग्रहण र प्रमाणपत्र प्रदान गरिएको थियो । शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहले नयाँ ऊर्जा र जोश जाँगरका साथ काम गर्न नवनिर्वाचित पदाधिकारीहरूलाई आग्रह गरे । अहिलेको कार्यसमितिमा महिलाहरूको प्रतिनिधित्व धेरै भएकोले सामुदायिक वनले महिला हकहित र सशक्तीकरणमा बढी जोड दिन आग्रह गरे । सामुदायिक वनमा हुने अनियमितता अवैध फडानी र चोरी निकासीलाई नियन्त्रण गर्दै सामाजिक कार्यमा पनि योगदान दिनुपर्नेमा गाउँपालिका प्रमुख शाहले जोड दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया