Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलगानी कोष र सिउरी न्यादी पावरबीच सम्झौता

लगानी कोष र सिउरी न्यादी पावरबीच सम्झौता


काठमाडौं  । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सिउरी न्यादीले निष्काशन गर्न लागेको सेयरको कोषले प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता बिहीबार भएको हो ।

सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाइँले हस्ताक्षर गरेका छन् । न्यादी पावरले प्रतिकिता एक सय रुपैयाँको दरले तीन करोड तीन लाख ६० हजार ७ सय ८४ कित्ता सेयर निष्काशन गर्दैछ । उक्त सेयरको तीन अर्ब तीन करोड साठ्ठी लाख अठहत्तर हजार चार सय रुपैयाँ बराबरको सेयर प्रत्याभूति कोषले गर्ने भएको हो । योभन्दा अघि पनि कोषले धेरै कम्पनीहरूसँग प्रत्याभूतिको कार्य गरिसकेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया