Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधरोटरी क्लब अफ रुपन्देहीले कोभिड अस्पताललाई १० थान अक्सिजन सिलिण्डर दियो

रोटरी क्लब अफ रुपन्देहीले कोभिड अस्पताललाई १० थान अक्सिजन सिलिण्डर दियो


काठमाडौं ।
सामाजिक सेवामा समर्पित हुँदै आएको तिलोत्तमास्थित रोटरी क्लब अफ रुपन्देहीले तिलोत्तमास्थित कोभिड आइसोलेसल अस्पताललाई १० थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । क्लबले बुधबार तिलोत्तमा नगरपालिकाको कार्यालयमा पुगी नगरपालिकाका स्वास्थ्य महाशाखा उपसंयोजक तथा कोरोना फोकल पर्सन केशवराज भट्टराईलाई अक्सिजन सिलिण्डर प्रदान गरेको हो ।

तिलोत्तमा क्षेत्र तथा तिलोत्तमा आइसोलेसन अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीहरुलाई निको पार्न मद्दत पुगोस् र कसैले पनि तत्काल अक्सिजनको अभावमा ज्यान गुमाउन नपरोस् भनी अक्सिजन सिलिण्डर प्रदान गरिएको क्लबका अध्यक्ष गौतम भुसालले जानकारी गराए । उनले अन्य संघ/संस्थाहरुले समेत कोभिड उपचारका लागि अत्यावश्यक देखिएको अक्सिजन सिलिण्डरहरु आफ्नो नजिको आइसोलेसन अस्पताललाई सहयोग गर्न आग्रह गरे ।

कोरोनाको दोस्रो लहरसँगै धेरै बिरामीहरुमा अक्सिजनको कमी देखिन थालेपछि एक लाख ४० हजार रुपैयाँबराबरको अक्सिजन सिलिण्डर सहयोग गरेको क्लबका पूर्वअध्यक्ष राजकुमार पाण्डेले बताए ।

हस्तान्तरण कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष सुरज प्रसाद खत्री, निर्वाचित अध्यक्ष राम प्रसाद खरेल, सदस्यहरु धर्म तिवारी तथा ओम प्रकाश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो भने नगरपालिकाकातर्फ सेमरा बजार स्वास्थ्य केन्द्र, सेमराका इन्चार्ज कमल पाण्डेको समेत उपस्थिति थियो ।

नौ वर्षअघि तिलोत्तमा नगरमा स्थापना भएको यस रोटरी क्लब अफ रुपन्देहीले हालसालै सेमराबजार स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी मातृशिशु अस्पतालका रुपमा सञ्चालन गर्न एक करोड १८ लाखबराबरको स्वास्थ्य उपकरणहरु उपलब्ध गराएको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया