महानगरीय ट्राफिक प्रहरीद्वारा सडकमा राखिएका सबै डिभाइडर सफा गर्न सुरु
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका सडकमा राखिएका सबै सडक डिभाइडरहरू पखाल्ने अभियान सुरु गरेको छ । धुलोका कारण सडकमा राखिएका डिभाइडरहरू मैलो देखिएको र रातको समयमा चम्किलो नहुने हुँदा दुर्घटना बढेको भन्दै डिभाइरलाई सफा र चम्किलो बनाइराख्नको लागि अभियान नै सुरु गरेको महाशाखाले जनाएको छ ।
‘सडक सबैका लागि सधैँ सुरक्षित हुनुपर्छ, सुरक्षाको लागि कुुनै पनि कसर बाँकी राख्न हुँदैन त्यही भएर डिभाइडर सफाइलाई अभियानकै रूपमा सञ्चालन गरेका हौँ’, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख उमेशराज जोशी भन्छन् । यसको लागि सबै ट्राफिक प्रहरीहरूले आफ्नो नजिकको सडकमा रहेका डिभाइडरहरूलाई धोएर रातको समयमा पनि प्रस्टरूपमा देखिने बनाउन निर्देशन दिइसकेको उनले बताए । सोअनुुसार काम पनि सुरु भइसकेको उनको भनाइ छ । आफू कार्यालय प्रमुखको रूपमा महाशाखामा हाजिर भएदेखि नै उपत्यकाको सडक, सुरक्षामा खटिने १६ सय ट्राफिक प्रहरीको मनोबल उच्च राख्दै सुधारको कामहरू सुरु गरेको उनले बताए ।
भरसक सडक प्रयोगकर्ताहरूबाट कुनै पनि गल्ती नहोस् यदि गल्ती भएमा जरिवाना तिर्न सहज होस् भनेर महाननगरीय ट्राफिक प्रहरीले सात ठाउँबाट विनाझन्झट अत्याधुुनिक मेसिनबाट जरिवाना तिर्नसक्ने व्यवस्था कार्यान्वयनमा ल्याएको, फरक क्षमताका व्यक्तिहरूलाई सार्वजनिक सवारीसाधन प्रयोग गर्न सहज होस् भने, झर्ने र चढ्ने निश्चित ठाउँको व्यवस्था गरेको महाशाखा प्रमुख जोशीले बताए । अहिले पनि उत्पकाकाको सडक बत्तीहरूको उचाइ वैज्ञानिक हुन नसकेको, ठूलो गाडी अगाडि हुँदा पछाडिका गाडीहरूले ट्राफिक बत्ती नदेख्ने हुँदा दुर्घटना हुनसक्ने जोखिम देखिएको भन्दै यस्तो सडक बत्तीको उचाइ वैज्ञानिक बनाउनको पनि पहल सुरु गरिसकेको जोशीले जानकारी दिए । यसका अतिरिक्त अहिले ट्रिपरहरूको नम्बर प्लेट राख्ने ठाउँ अलि वैज्ञानिक नभएको र नम्बर प्लेटलाई सबैले देख्ने ठाउँमा राख्नको लागि यातायात व्यवस्था कार्यालयसँग समन्वय गरेर काम गर्ने तयारी गरिरहेको पनि उनले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया