Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगल्याङ नगरपालिकाले मेयर कप अन्तरवडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने

गल्याङ नगरपालिकाले मेयर कप अन्तरवडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने


गल्याङ, फागुन ७
स्याङ्जाको गल्याङ नगरपालिकामा मेयर कप अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । गल्याङ नगरपालिका गल्याङ नगर खेलकुद समितिको आयोजनामा गल्याङमा पहिलोपटक मेयर कप पुरुष भलिबल प्रतियोगिता हुने भएको हो । फागुन २१ गतेदेखि २४ गतेसम्म मेयर कप अन्तरवडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन गर्ने गल्याङ नगरपालिकाका उपमेयर देवी थापाले जानकारी दिइन् ।

उनका अनुसार प्रतियोगितामा ११ वटै वडाबाट ११ टिम सहभागी गराइनेछ । मेयर कपका लागि खेल संयोजकमा पवन राना र सहसंयोजकमा लालबहादुर दर्लामीलाई जिम्मेवारी दिएको उनले बताइन् । प्रतियोगितामा विजेता वडालाई एक लाख रूपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र दिइने भएको छ । यस्तै द्वितीय हुने वडालाई ६० हजार, तृतीय हुने वडालाई ४० हजार र सान्त्वना हुने वडालाई २५ हजारसहित सबै विजेता टोलीलाई शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । यसैगरी उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक पवन रानाले जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया