Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलाइसेन्सको ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

लाइसेन्सको ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ


काठमाडौं, फागुन ३०
प्रहरीले सवारी लाइसेन्सको ट्रायल दिन आएका नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । नेपाल ड्राइभिङ सेन्टर, गंगाहिटीमा सञ्चालन भएको मोटरसाइकलको प्रयोगात्मक परीक्षामा नक्कली प्रशिक्षार्थीले परीक्षा दिएको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खट्टिएको ट्राफिक प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं. १० घर भई धापासी बस्ने जनक न्यौपाने र जिल्ला दार्चुला मालिकार्जुन गाउँपालिका वडा नं.३ वस्ने वर्ष १९ को सुभाषसिंह धामी रहेका छन् । न्यौपानेमाथि शंका लागी परीक्षा दिनको लागि आवश्यक पर्ने कागजात चेकजाँच गर्दा उनले बाजुरा जिल्ला बडीमालिका नगरपालिका वडा नं.१० बस्ने वर्ष १९ को कुन्का थाप्के थापाको ट्रायल दिन आएको पाइएको महानगरीय ट्राफिक प्रहरी महासाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए । न्यौपानेले थापाको नाममा बाजुराबाट जारी भएको नागरिकतामा नेपाल सरकारको लोगो भएको कागजमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएको खुल्न आएको ढकालले बताए ।

प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा जनक न्यौपानेलाई सँगै डेरा गरी बस्ने सुभाषसिंह धामीले सम्पर्कमा ल्याएको परीक्षार्थी कुन्का थाप्के थापाको नाममा मेरो फोटो टाँस गरी ट्रायल दिन आएको हुँ भनी बयान दिएका छन् । प्रकाउ परेका ती व्यक्तिहरूलाई मुलुकी अपराध संहिता ऐन २०७४ को लिखतसम्बन्धी कसुर अपराध गरेको हुनाले थप अनुसन्धान तथा आवश्यक कारबाहीको महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया