काठमाडौं । पछिल्लो एक महिनामा झण्डै एक लाख पर्यटक नेपाल घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डले अंग्रेजी महिना मार्चमा ९९ हजार चार सय २६ जना पर्यटक नेपाल घुम्न आएको जनाएको छ ।
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार मार्च महिनामा भएको पर्यटकको आगमन कोभिडपछिकै सबैभन्दा धेरै हो ।
उनले सन २०१९ को मार्च महिनामा एक लाख २७ हजार तीन सय ५१ पर्यटक नेपाल घुम्न आएको बताए । त्यसपछि कोभिडका कारण नेपाल घुम्न आउने पर्यटकको संख्यामा गिरावट आएको थियो । निर्देशक लामिछानेले २०१९ को मार्च महिनाको तुलनामा यसपटक पर्यटक आवागमन ७८ प्रतिशत रहेको छ ।
बोर्डको तथ्याङ्कअनुसार सन् २०२० को मार्चमा ४२ हजार सात सय ७६ जना पर्यटक नेपाल भित्रिएका थिए । यो संख्या २०२१ मार्चमा १५ हजार दुई सय ५४ र २०२२ मार्चमा ४२ हजार छ रहेको थियो ।
लामिछानेका अनुसार पछिल्लो एक महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । मार्चमा भारतबाट नेपाल आउने पर्यटकको संख्या २५ हजार नौ सय ११ रहेको छ । भारतपछि धेरै पर्यटक आउने मुलुकमा अमेरिका छ ।
अमेरिकाबाट नौ हजार पाँच सय ५७ पर्यटक नेपाल घुम्न आएका छन् । यस्तै बेलायतबाट छ हजार एक सय ३३, जर्मनीबाट चार हजार एक सय ४९, श्रीलंकाबाट तीन हजार ८ सय २९, अस्ट्रेलियबाट तीन हजार छ सय ३५, फ्रान्सबाट तीन हजार नौ, चीनबाट दुई हजार छ सय ३५ र दक्षिण कोरियाबाट दुई हजार छ सय ३९ पर्यटक नेपाल आएका छन् । भारत, अमेरिका र युरोपबाट आउने पर्यटकको संख्यामा सुधार हुँदा पर्यटन क्षेत्रमा सकारात्मक संकेत देखिएको लामिछानेले बताए ।
मार्चमा नेपाल आएका पर्यटकमध्ये झण्डै आधा एसियाली मुलुकबाट रहेका छन् । एसियाली मुलुकबाट ४९ हजार ९७ पर्यटक नेपाल आएका छन् । यसमध्ये ३३ हजार चार सय ५४ सार्क राष्ट्रबाट हुन् भने १५ हजार छ सय ४३ अन्य एसियाली मुलुकबाट आएका छन् । एसियापछि सबैभन्दा धेरै युरोपेली मुलुकका पर्यटक आएका छन् । युरोपबाट २३ हजार दुई सय २६ पर्यटक नेपाल आएका छन् ।
अमेरिकी मुलुकबाट ११ हजार दुई सय ६४ र ओसियन मुलुकबाट तीन हजार नौ सय ५८ मध्यपूर्वबाट एक हजार चार सय ७६ र अन्य मुलुकबाट १० हजार तीन सय ७५ पर्यटक नेपाल आएका छन् ।
बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को तीन महिनाको अवधिमा दुई लाख २७ हजार सात सय ५५ जना पर्यटक नेपाल आएको बताए । उनका अनुसार जनवरी महिनामा ५५ हजार ७४ र फेब्रुअरीमा ७३ हजार दुई सय ५५ पर्यटक नेपाल आएका छन् ।
क्याटेगोरी : पर्यटन उधोग
ट्याग : #Page 1
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया