Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिआम जनता पार्टीद्धारा भन्सार विभागक घेराउ

आम जनता पार्टीद्धारा भन्सार विभागक घेराउ


काठमाडौं । आम जनता पार्टीले भन्सार विभाग घेराउ गरेको छ । आम जनता पार्टीको आम सम्पर्क मञ्चको आयोजनामा विभाग घेराउ गरिएको हो ।

त्रिपुरेश्वर स्थित भन्सार बिभागको मुल गेटमा आम जनता पार्टी आम सम्पर्क मञ्चको आयोजनामा भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न माग गरेर घेराउ गरिएको हो । भन्सार कानुनमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको लूटकारी प्रावधान खारेजिको माग गर्दै तेर्सो चरणको भन्सार बिभाग केन्द्रित घेराउ तथा धर्ना कार्यक्रम गरिएको पार्टीले जनाएको छ ।

सो भन्सार बिभाग केन्द्रीत घेराउ तथा धर्ना कार्यक्रम भन्सार कानुन सुधार संघर्ष समिती आम सम्पर्क मञ्चका संयोजक रन्जु कुमारी साहको नेतुत्वमा आम जनता पार्टी उपत्यका विशेष कमिटी, काठमाडौंका सचिव सुनिता साह सहतिको टोलीले विभाग घेराउ गरेको हो ।

घेराउमा पुगेकाहरुले ४५ प्रतिशत लुटकारी ब्याब्स्था खारेज गर, राजस्व लुट्न पाइदैन, कमिशनको क्षेत्रमा अनावश्यक धरपकड बन्द गर, कथित पुरस्कारको नाममा लुट्ने ब्यवस्था खारेज गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया