उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत हानान गोडर गोल्डबर्गरले उपराष्ट्रपतिको कार्यालयमा भेटवार्ता गरेका छन् । शुक्रबार शिष्टाचार भेटमा उनीहरुबीच दुई पक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहयोगलगायत आपसी हित र चासोका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सो अवसरमा उपराष्ट्रपति यादवले नेपाल र इजरायलबीच १ जुन १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता मित्रता, सद्भाव, समझदारी र सहयोगको सम्बन्ध रही आएको उल्लेख गरे । “इजरायलले विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा नेपाललाई गरेको सहयोग प्रशंसनीय छन्”, उनले भने, “नेपाल–इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने विश्वास लिएको छु ।” उनले द्विपक्षीय व्यापार अभिवृद्धिका लागि थप प्रयत्नशील हुन आवश्यक रहेको समेत राससलाई बताए ।
उपराष्ट्रपति यादवले भने, “इजरायल सरकारले नेपाली युवाहरु (खासगरी महिला) लाई ‘केयरगिभर’ सेवा क्षेत्रमा रोजगारीका अवसर उपलब्ध गराएकामा धन्यवाद दिनुभएको थियो ।” उनले बहुपक्षीय सम्बन्धको चर्चा गर्दै नेपाल मध्यपूर्वमा शान्ति, अमनचयन र स्थिरताको पक्षमा सधैँ रहिआएको बताए ।
इजरायलका राजदूत गोल्डबर्गरले नेपाल र इजरायलबीच विभिन्न क्षेत्रमा समानता रहेको उल्लेख गर्दै दुई देशको सम्बन्ध वर्षौंयता सुमधुर र प्रगाढ रहेको बताए । “जहाँसम्म विपिन जोशीको रिहाइको विषय छ, त्यसका लागि इजरायल सरकार हरसम्भव प्रयासरत छ”, उनले भने, “इजरायलबाट एउटा प्रतिनिधिमण्डल नेपाल आएर विपिनको घरमै गई परिवारलाई भेट्ने कार्यक्रम पनि छ ।”
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाऔँ : सांसद वाग्ले
- श्रीमतिको हत्या गरेको आठ दिन पछि शव फेला
- भारतमा किसानका लागि २० हजार करोड रुपैयाँ जारी गरिने
- अस्ट्रेलियासँग मतभेद हटाउन चीनको आग्रह
- नेपालमा बनेको हुन्डाई भेन्युको बिक्री सुरु
- द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता
- प्रवास ट्राभल एन्ड टुर्सले जित्यो आठ अवार्ड
- ईजी डेन्टलले निःशुल्क शिविर सञ्चालन गर्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया