कोशी प्रदेश नामकरणकै कारण अशान्त
काठमाडौं । पहिचान कि भूगोलका आधारमा भन्ने विवादका कारण नाम राख्न नसकेको प्रदेश अहिले नामकरणकै कारण अशान्त छ । सरकार र आन्दोलनरत पक्षको मनोविज्ञानलाई नियाल्दा अब न त सजिलै प्रदेशसभाबाट पारित भइसकेको नाम परिवर्तन हुने देखिन्छ, न आन्दोलनकारी पक्षले ‘कोशी’ नाममा सहमति जनाउने सम्भावना छ ।
१७ फागुनमा प्रदेश नामकरण भएदेखि पहिचान पक्षधर संघसंस्थाहरूले सुरु गरेको आन्दोलन माध्यमिक शिक्षा परीक्षा (एसईई) का कारण हाल स्थगन छ । नामकरण फिर्ता लिन १० वैशाखसम्मको अल्टिमेटम दिएर आन्दोलनरत पक्षले प्रदेशसभा अध्यक्ष र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
दैनिकजसो विरोध र आन्दोलनका कार्यक्रमहरू भइरहँदा प्रदेश राजधानी विराटनगरसँगै पूर्वी तराईका शहरहरू धरान, इटहरी, दमक, बिर्तामोड, र काकडभिट्टामा समेत प्रदर्शन भए । त्यसले पूर्वी पहाडका धेरै बजार क्षेत्रको जनजीवन नै प्रभावित बन्न पुगेको थियो ।
किरात, लिम्बुवान, खम्बुवान, कोचिला लगायतका विभिन्न नाम हुनुपर्ने मागसहित आन्दोलन गरिरहेका विभिन्न समूहहरू समेत अहिले एउटै छातामुनि बसेर आन्दोलन गरिरहेका छन् ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया